सौन्दर्यकर्मी श्रमिकहरुप्रति सरकार अनुदार

  • चैत ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । ब्युटिपार्लर र सौन्दर्यकर्ममा क्रियाशील श्रमिक महिलाहरुप्रति तीन तहकै सरकार अनुदार बनेका कारण ठुलो संख्यामा काम गर्ने सौन्दर्यकर्मी श्रमिक महिलाहरु सामाजिक सुरक्षा योजनाबाट बन्चित हुनुपरेको मजदुर नेता भीमज्वाला राईले बताए ।

3

जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भइ अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेट्ने गरि कार्यविधि समेत जारी गरिसकिएको भएपनि सौन्दर्यकर्ममा कार्यरत स्वरोजगार तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा नसमेटिएको राईले बताएका हुन् ।

2 2

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १६ औं स्थापना दिवसको अवसरमा धरान नगर कमिटीले बिहिबार धरानमा गरेको अभिमुखिकरण कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले त्यस्तो बताएका छन् ।

5

श्रमिकहरुको जीवनमा आइपर्ने संकटको समाधान सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरि स्थानीय तहमै कानुन निर्माण गर्नुपर्ने हुन्छ तर यस विषयमा स्थानीय सरकार प्रमुख गैर जिम्मेवार र कानुन कार्यान्वयनमा अनुदार बन्दा श्रमिकहरु मारमा परेको कार्यक्रमका प्रमुख अतिथि राईको भनाई छ ।

6 1

केही स्थानीय सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याइसकेको भएपनि अधिकांश स्थानीय सरकारका प्रमुखहरु काम भन्दा स्टन्टमै रमाइरहेकाले ऐन कार्यान्वयन नभएको र मजदुरहरु सामाजिक सुरक्षाको दायराबाट बन्चित हुनु परेको राईले बताए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रीय सदस्य गंगा तामाङले सौन्दर्यकर्मीहरुको पेशागत हक, हित र अधिकारका लागि २०६५ सालमा संगठनको स्थापना भएको बताउनुभयो वहाँले भन्नुभयो देशभरीका श्रमिक महिला दिदीबहिनीहरुलाई संगठित गर्दै दक्ष र स्वावलम्बि बनाउन संगठनले भस्मिका खेलिरहेको बताएका छन् ।

त्यस्तै युनियनका कोशी प्रदेश आर्थिक सचिव अमिता पोखरेलले युनियनको तर्फबाट शिपमुलक तालिमहरुको व्यवस्था गर्दै पेशामा पारंगत बनाउने काम गरिरहेको बताए । त्यसैगरी युनियन विराटनगर महानगर अध्यक्ष भली सुब्बाले युनियनको तर्फबाट रचनात्मक कार्यक्रमहरु गरिरहेको बताउनुहुँदै विराटनगरका विपन्न परिवारकी भारतीकुमारी कामतलाई दशकक्षासम्म निः शूल्क शिक्षाको व्यवस्था गरिएको बताए ।


युनियन धरान नगर अध्यक्ष नरमाया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बसन्ति गुरुङ र स्वागत मन्तव्य सुनिता श्रेष्ठले गरेका थिए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved