धरानको युएन-नवोदय कलेजमा फुड फेस्टिबल मेला, विद्यार्थीका परिकार चाख्दै पाहुना

  • फागुन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्।

फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्।

फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक सीप पनि सिक्नुपर्छ। फुड फेस्टिबलले उनीहरूलाई वास्तविक ग्राहकसँग काम गर्ने अवसर दिएको छ।"

कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार, "होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि यस्ता फेस्टिबल नै वास्तविक प्रयोगात्मक प्रशिक्षण हुन्। उनीहरूले आज देखाएको दक्षता भविष्यमा व्यवसाय वा रोजगारीका लागि ठूलो आधार बन्न सक्छ।"

फेस्टिबलले विद्यार्थीहरूलाई खाना पकाउने मात्र नभई, मार्केटिङ, व्यवस्थापन, ग्राहक सेवा, र आत्मनिर्भर बन्ने अवसर दिएको छ।

क्याम्पस प्रमुख तुम्बापोले भने "नेपालमा होटल तथा पर्यटन क्षेत्रमा सीपयुक्त जनशक्तिको ठूलो अभाव छ।

हाम्रा विद्यार्थीहरूले फुड फेस्टिबलमा सिकेका सीपलाई भविष्यमा व्यवसाय वा रोजगारीमा प्रयोग गर्न सक्छन्।

अभिभावक र पाहुनाहरूको उत्साहजनक सहभागिता

फेस्टिबलमा विद्यार्थीका अभिभावक, स्थानीय व्यवसायी, र पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको छ। सहभागीहरूले विद्यार्थीहरूको मेहनत, सीप, र आतिथ्य सत्कारको प्रशंसा गरिरहेका छन्।

फेस्टिबलमा आएका धरानका एक स्थानीय भन्छन्, "विद्यार्थीहरूले बनाएका परिकारहरू एकदमै स्वादिष्ट छन्। उनीहरूको सीप देख्दा लाग्छ, अब नेपालमै पनि गुणस्तरीय होटल व्यवस्थापनका दक्ष जनशक्ति तयार हुँदैछन्।"

भिडियो:

 

"काेशी पत्रकाे टिम कलेज प्राङ्गणमा पुग्दा विद्यार्थीहरू खाना पकाउने, ग्राहकहरूसँग संवाद गर्ने, सर्भिस गर्ने, तथा व्यवस्थापन गर्ने कार्यमा एकदमै सक्रिय देखिएका थिए। पाहुनाहरू परिकारको स्वाद लिँदै विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै रमाइलो गरिरहेका छन्।

कलेजका एक विद्यार्थीले भने"हामीले आज कक्षा कोठामा सिकेका कुरा व्यवहारमा उतार्ने अवसर पायौं। ग्राहकहरूसँग सीधा सम्पर्क गर्दा अझ धेरै कुरा सिक्न पाइयो।" अहिले पनि फेस्टिबलको माहोल उत्तिकै उत्साहजनक छ।

विद्यार्थीहरू परिकार सर्भिस गर्न, पाहुनासँग संवाद गर्न, र कलेज परिसरलाई एउटा सानो होटल व्यवसायको रूपमा बदल्न व्यस्त छन्।

तस्बिरहरु:

ga uuuu damar unn uuu uu u

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved