भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा,आयोजक स्तब्ध

  • चैत ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा ।म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र(५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

b 3
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन ।

b 4

म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले ट्रफी र नगद हस्तान्तरण गरे ।
प्रतियोगिताअन्तर्गत तेस्रो क्वार्टरफाइनल खेल भोलि सोमबार अपराह्न ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।यसअघि हिजो शनिबारदेखि जडेज खेलमैदानमा जारी प्रतियोगितामा वराह(११ पराजित हुँदा स्थानीय दुबै टोली प्रतियोगितामा स्तब्ध बनेका छन् ।

बराह ११ लाई ३ ,० गोल अन्तरले पराजित गर्दै द योङ ब्रदर्श क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
विदेशी खेलाडी मैदान उतारेको द योङ ब्रदर्सको जितमा म्यान अफ द म्याच फोफोनाले खेलको १७औं मिनेट र ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दबाबमा रहेको बराह ११ ले केही अवसरहरुलाई गोलमा परिणत गर्न सकेन जर्सी नं  १० लगाएर मैदानमा उत्रिएका अमिन श्रेष्ठले गोलका अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको दोस्रो हाफमा समेत दबाबमा परेको बराह ११ विरुद्ध खेलको ५२ औं मिनेटमा द योङ ब्रदर्सका अविशेक महतोले गरेको गोलले ३(० गोलअन्तरको नतिजा निकाल्यो ।उद्घाटन खेल अघि औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बराहक्षेत्र शहरीकरणका दिशामा अघि बढिरहेको र बराहक्षेत्रको विकासमा भरौल गोल्डकप जस्ता प्रतियोगिताले सहयोग गरिरहेको बताए ।

उनले गोल्डकपको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता गरे । प्रतियोगिताले बराहक्षेत्र र यहाँका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याइरहेको बताए ।औपचारिक कार्यक्रम बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल महासङ्घ पूर्व केन्द्रीय महासचिव बुद्धि कट्वाललगायतका विशिष्ट अतिथिले प्रतियोगिताको भव्यताको शुभकामना दिएका थिए ।
बराहक्षेत्र(५ का वडाध्यक्ष रोहित काफ्ले, बराहक्षेत्र ८ का वडाध्यक्ष रोशन खड्का, बराहक्षेत्र(१ का वडाध्यक्ष किसन थापालगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक तथा बराहक्षेत्र(७ का वडाध्यक्ष कपिल आचार्यले अतिथिलाई स्वागत गरे । न्युस्टार क्लबका अध्यक्ष भेषराज कार्कीको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन नवराज विष्टले गरेका थिए ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved