भन्सारबाटै तस्करीको आशंका

  • फागुन २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ व्यापारीसँगको ‘सेटिङ’ एवं कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विराटनगर भन्सार कार्यालयबाटै तस्करी हुन थालेको आशंका छ ।
जाँचपासका क्रममा भएका केही शंकास्पद गतिविधिले तस्करीलाई बढवा दिइरहेको प्रष्ट हुन्छ । भन्सारको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान कटाएर तस्करी भइरहेको हो ।

प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन ।

भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको सूचना साँझ ५ः३० बजेतिर आएको थियो । त्यसलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख छ । ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए ।

सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी जोशीले दिए ।

उनका अनुसार सामान कसको हो भनेर यकिन भइसकेको छैन । राजस्व अनुसन्धानले अनुसन्धान गरेपछि नै थप कुरा पत्ता लाग्ने जोशीको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख परिवर्तन भएका छन् । भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन् । यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिक हिसाबले बिदा लिएका छन् ।

ढकालले भन्सार प्रमुख भएर विराटनगर रहँदा तस्करी नियन्त्रणका लागि उल्लेख्य भूमिका खेलेका थिए । उनको सरुवा भएर नयाँ प्रमुख आएपछि तस्करीका लागि व्यापक चलेखल भइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार भन्सारकै कर्मचारी, एजेन्ट र व्यापारीबीच चलखेल भइरहेको हो ।
विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमीत गुप्ता भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘यो नियमित र सामान्य प्रक्रिया हो ।

शंका लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ,’ उनले भने ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकको सामान कसको हो र कसले जाँचपास गरेका थिए भनेर भन्सार अधिकृत गुप्ताले खुलाउन सकेनन् । ‘जाँचपास गर्ने कर्मचारी र भन्सार एजेन्टका बारेमा मलाई थाहा भएन । सामान कसको हो भनेर यकिन छैन ।

त्यो कुरा राजस्वतिरबाटै नै थाहा हुन्छ,’ उनले भने ।गुप्ताले काम गर्ने क्रममा केही कमजोरी भए पनि तस्करीलाई प्रसय दिने खालका कुनै गतिविधि भन्सारबाट नभएको बताए । ‘पहिलेको प्रमुख सरुवा भएर जानु भएको छ । सोमबारदेखि नयाँ प्रमुख आउनु भएको छ ।

भन्सारबाट तस्करी हुने कुरा सम्भव छैन,’ उनले भने ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved