विराटनगरमा ढाका महोत्सव, स्थानीय उद्यमीलाई प्रवर्द्धनमा जोड

  • चैत ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ विराटनगरमा नेपाली ढाका कपडाको प्रवर्द्धन र बजार विस्तारलाई ध्यानमा राख्दै ढाका महोत्सव सुरु भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तर्गतको महिला उद्यमी विकास समिति को आयोजनामा जैन भवनमा बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ।

महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले ढाका तथा घरेलु उद्योगको प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए।

उनले निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई ढाका तथा घरेलु उत्पादनलाई औपचारिक पोशाकका रूपमा अपनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय महिला उद्यमीको उत्पादनलाई प्रवर्द्धन

महोत्सवमा तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, धनकुटा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका ढाका कपडा, तयारी पोशाक, झोला तथा अन्य घरेलु सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।

‘नेपाली भेषभूषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने नारासहित आयोजित महोत्सवले ढाका कपडालाई सांस्कृतिक पहिचानसँग जोड्दै व्यावसायिक प्रवर्द्धनमा जोड दिने आयोजकको भनाइ छ।

कार्यक्रम संयोजक सरु केसी का अनुसार ढाका उद्योगमा विशेषगरी महिलाहरूको सहभागिता रहेकाले उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महोत्सव महत्वपूर्ण हुनेछ।

नेपाली ढाका उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत का अनुसार नेपाली ढाका कपडाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना बोके पनि अझ प्रविधिमैत्री र आधुनिक व्यवसायिक रणनीति अवलम्बन गर्न आवश्यक छ।

'महोत्सव भनेको उत्पादकदेखि ग्राहकसम्मको मेलमिलाप गर्ने थलो हो, उनले भने। यो उत्सवले नेपाली ढाका उद्योगलाई ब्रान्डिङ गर्न मद्दत गर्नेछ।

राउतले प्रदेश सरकारसँग यस उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरे।

वार्षिक एक्स्पोको निरन्तरता

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले गत भदौमा कृषि एक्स्पो आयोजना गरेको थियो। ढाका महोत्सवलाई पनि नियमित कार्यक्रमका रूपमा निरन्तरता दिँदै लैजाने योजना महासंघले बनाएको छ।

महोत्सवमा शुक्रबारदेखि विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिनेछ, जसमा ढाका उद्योगको प्रवर्द्धनका सम्भावना, चुनौतिहरू र समाधानका उपायहरूमाथि छलफल गरिनेछ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved