अर्थ

    Showing 211-220 of 1,054 items.
  • संखुवासभामा अवैध यार्चागुम्बासहित एक जना पक्राउ

    विराटनगर/  संखुवासभामा अवैध यार्चागुम्बासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ४६ वर्षीय ऐनबहादुर शाही रहेका छन्। संखुवासभा प्रहरीले दिएको जानकारीअनुसार शाहीले राजस्व छली गर्दै अवैध रूपमा यार्चागुम्बा ल्याइरहेको सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खाँदबारी नगरपालिका–३ स्थित सुमन चोकबाट मंगलबार बिहान ८ः५० बजे शाहीलाई नियन्त्रणमा लिएको हो। शाही को १ ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमार्फत मकालु गाउँपालिका–५ नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेका थिए। गाडी चेकजाँच गर्

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरो डान्समा धरानकी इचिङ्ग्सा टप ३२ मा छनौट

    धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 1,817 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लोकतान्त्रिक याक्थुङ (लिम्बु)संघको प्रथम राष्ट्रिय महाधिवेशन हुने

    धरान । सुनसरीको धरानमा नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ। संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आगामी जेठ २३ र २४ गते धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजना गरिने जानकारी दिएको हो।नेपाली कांग्रेसको मूल सिद्धान्त“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको हो। पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले हालसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विदेश होइन, खेतबारीमै सम्भावना देख्ने विवेकः उखुखेतीबाटै लाखौँ आम्दानी

    सुनसरी/ देशका युवाहरू वैदेशिक रोजगारीको दौडमा हुँदा सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बनेका छन्। उनले उखुखेतीलाई रोजगारीको भरपर्दो आधार बनाउँदै लाखौँ आम्दानी गरिरहेका छन्। तीन वर्षअघि रु २ लाख ५० हजारको लगानीबाट सुरु गरिएको अढाई बिघाको उखुखेती अहिले महतोलाई वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी दिइरहेको छ। विदेश जाने सोच कहिल्यै मनमा नआएको बताउने महतो भन्छन्, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने मनै पलाएन।” उनले जलवायु परिवर्तनले उखुखेतीमा केही चुनौती थपेको अनुभव सुनाउँछन्। अत्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलेसियाको कमाइ छोडेर कृषिमा सफलता: ‘लिङ्देन फार्म’ को कथा

    झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ’, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने, ‘अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ । ’देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन् । तर यहाँसम्म आइपुग्न उनले गरेको संघर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए ।विगत सम्झना गर्दै उनी भन्छन्, ‘मलेसिया जाँदा स

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बक्सिङको रिङ जत्तिकै स्पष्ट हिसाब: ‘धरान फाइट नाइट’ को आर्थिक विवरण सार्वजनिक

    धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. ११,३२,४७० आम्दानी र रु. १३,३१,७२५ खर्च भएको आयोजकले जनाएको छ। कार्यक्रम घाटामा गए पनि खेलकुद र सामाजिक क्षेत्रको दीर्घकालीन फाइदालाई मध्यनजर गर्दै भविष्यमा निरन्तरता दिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष दिपक राईले जानकारी दिए। खेलकुदको शहर धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एण्ड एमेचर ‘धरान फाइट नाइट–२०२५’( वैशाख १२ गते  शुक्रबार) भव्यतापूर्वक सम्पन्न भएको थियो। धरान बक्सिङ संस्थाको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय गराउँदै सामाजिक उतरदायित्व निर्वाह गराउने लक्ष्य लिएको छ।ध

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमार्फत पक्की सिँचाइ कुलो, दशौं वर्षको समस्या समाधान

    भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भोजपुर नगरपालिका–६ भङ्गेरीवासी अब समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएका छन्। स्थानीयवासीको श्रमदान, वडाको पहल र सरकारहरूको साझेदारीमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै, अब खेतीपातीमा सहजता आएको छ। ओडारे–भण्डारे सिँचाइ कुलो रु ५३ लाखको लागतमा निर्माण भएको हो। केन्द्र, प्रदेश, स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा प्राप्त बजेट र स्थानीयको श्रमदानबाट ९२३ मिटर लामो पक्की कुलो निर्माण गरिएको वडा अध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए। “यहाँका किसानलाई कुलो नहुँदा निकै सास्ती थियो,” उनले भने, “हामीले प

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको ऐतिहासिक सेल्मे फलाम खानी पुनःसञ्चालनको माग

    भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण कतिपय खानीहरू बन्द छन्। त्यही मध्ये एक हो, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा अवस्थित सेल्मे फलाम खानी। करिब १५० वर्ष पुरानो इतिहास बोकेको यो खानी वि.सं. २०१३ सालसम्म सञ्चालनमा थियो। हाल यो खानी पूर्ण रूपमा बन्द छ, जसले गर्दा स्थानीय कालीगडहरू बाह्य देशबाट आयात हुने फलाममा निर्भर बन्न बाध्य छन्। स्थानीयको भनाइमा, राज्यले अध्ययन अनुसन्धान गरी पुनः सञ्चालन गरे रोजगारी र आर्थिक विकासको राम्रो आधार बन्न सक्नेछ। स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “यहाँको फलाम

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि पकेट क्षेत्रको नाममा धोका! धरानको मकैबाली फौजी किराको कव्जामा

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्। वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्। वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ। "हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णब

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सन्तोष लामिछाने रुद्राक्ष व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ। उहाँले विगत पाँच वर्षदेखि पिण्डेश्वरी मन्दिर परिसरमा रुद्राक्षका सामग्री बिक्री गर्दै आउनुभएको छ। बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउने कामबाट व्यापार सुरु गर्नुभएको हो। “विदेशमा दुःख गर्नुभन्दा यहाँ रुद्राक्षका सामग्री बनाएर बेच्दा सजिलो र आम्दानी पनि राम्रै भइरहेको छ,” उहाँले भन्नुभयो। उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायतका पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरी माला, झोला, ढाकी, ज्याक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved