सुर्खेत/ नेपालको पेट्रोलियम अन्वेषणको इतिहासमै पहिलोपटक दैलेखमा पर्याप्त मात्रामा मिथेन ग्यास फेला परेको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार प्रतिवेदनमा झण्डै १ सय १२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख छ, जुन नेपाललाई आगामी ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ । अन्तिम प्रतिवेदन आउन केही समय लाग्ने भएकाले हामीले प्रारम्भिक रिपोर्ट मागेका थियौं, नापितले भने, ूत्यसमा पर्याप्त मात्रामा प्र
हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो दिवसले स्थानीय उत्पादन, मौलिक परिकार र वातावरणमैत्री खानपान संस्कृतिको प्रवर्द्धनमा जोड दिन्छ। सन् २०१६ देखि संयुक्त राष्ट्रसंघको अगुवाइमा मनाइँदै आएको यस दिवसको नारा हो — Local seeds ,Local eats स्थानीय बीउबाट उत्पादन गरिएका अन्न, तरकारी, फलफूलहरू केवल स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन , यसले हाम्रो सांस्कृतिक सम्पदा जोगाउन, किसानको जीविका सुधार्न र जैविक विविधता संरक्षण गर्न पनि सहयोग पुर्याउँछन्। दिगो खानपान भनेको यस्तो प्रणाली हो जसले प्रकृति, समाज र भविष्यलाई सन्तुलनमा राख्दै खानपानलाई अघि बढाउँछ। नेपाल जस्तो कृ
धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ। मेयर हर्क साम्पाङले लामो समयदेखि कोशीको पानी धरानमा ल्याउनका लागि पहल गर्दै आएका थिए। केही महिनाअघि उनी रित्तो गाग्री बोकेर काठमाडौँ पुगेका थिए र सिंहदरबारमा सम्बन्धित मन्त्री तथा अधिकारीहरूलाई भेटेर माग राखेका थिए। त्यतिबेलाको पहल र ध्यानाकर्षणपछि खानेपानी मन्त्रालयमार्फत बजेटको व्यवस्था गरिएको हो। सरकारले संघीय स्तरबाट कार्यान्वयन हुनेगरी सो रकम छुट्याएको छ। यसले धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ सकारात्मक संकेत देखिएको छ।
धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उपमहानगरपालिकामा सञ्चालन भएका विविध आयोजनाहरु प्रभावकारी बन्दै गएका छन् । कार्यक्रममा सहभागी श्रमिकहरुले थोरै भएपनि रोजगारीको अवसर पाएको र काम सिक्ने अवसर समेत मिलेको प्रतिक्रिया दिएका छन् । नेपाल सरकारले २०७५ सालदेखि देशभरका ७५३ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको थियो । धरानमा सो कार्यक्रमअन्तर्गत २०७५ मा वित्तीय सामग्री खरिद तथा व्यवस्थापन गरिएको र २०७६ सालदेखि श्रमिकहरुलाई पारिश्रमिकसहित काम दिन थालिएको हो । २०७९ सालमा धरान उपमहानगरपालिकाले उक्त कार्यक्रमलाई रोजगार सेवा केन्द्रको रूपमा स्थापना गरेको थियो । त्यसलाई
भोजपुर/ वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवतीरमण थापाले आफ्नै गाउँमा लाखौँ आम्दानी गर्ने अकबरे खुर्सानी खेती सुरु गरेका छन् । रामप्रसाद राई गाउँपालिका–८ का थापाले करिब १० वर्ष दक्षिण कोरियामा श्रमिकको रूपमा बिताएपछि व्यावसायिक कृषिमा होमिएका हुन् । कोरियामा रहँदा सिकेको कृषि प्रविधि र सीप प्रयोग गर्दै उनले अहिले भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जमिन भाडामा लिएर १० हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन् । “कोरियामा राम्रो कमाइ भए पनि आफ्नै गाउँमा उदाहरणीय बन्ने लक्ष्यले फर्किएको हुँ,” थापाले भने, “खुर्सानी खेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म
सुनसरी/ वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पु क्षेत्रमा रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरणहरू वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र विकास कार्यक्रम र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत ४३ थान विद्युतिय मोटर, ६० बन्डल (२५ केजी) डेलिभरी पाइप तथा १५५ थान त्रिपाल वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख तुलसा लिम्बुले जानकारी दिइन्। उनका अनुसार, कृषकहरूले विद्युतिय मोटर किन्न ९ हजार ९९५ रुपैयाँ, डेलिभरी पाइप प्रतिकेजी १३५ रुपैयाँ र त्रिपाल प्रति थान १ हजार ७५० रुपैयाँ अन
विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा बरामद भएको हो ।लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुन
धरान/ धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै उग्र रुप लिन थालेको छ । मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूका कारण धरान सोमबारदेखि तनाग्रस्त भएको हो । श्रमदानको नाममा उपमहानगरबाट श्रम गर्नेलाई भुक्तानी गर्र्ने विषयमा मेयर र उप मेयरवीच विवाद बढ्दै गएको छ । मंगलरबार पनि दुई समुहवीचको हुल हुज्जतले गर्दा दिनभर नै तनाब ग्रस्त बन्यो भने उपमहानगरको कामकाज प्रभावित भयो ।बिहान मेयरका समर्थकले उपमेयरको कार्यकक्षमा फेरी घेराउ गर्न पुगे । उप मेयरलाई डोजर, स्काभेटर र टिपरको चाबी माग गर्दै चर्को नाराबाजीमा उत्रिएपछि उप मेयरका समर्थकहरु पनि उप महानगरमा पुगेपछि अवस्थ
धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो । उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी ।
इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभन्दा बढीको चाँदी र सुनजस्तो देखिने पहेँलो धातु इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीले बरामद गरेको छ। आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले दुई भारतीय नागरिकको झोलामा शङ्कास्पद वस्तु देखेपछि चेकजाँच गर्दा धातु फेला परेको हो। सशस्त्र प्रहरी बल, पशुपतिनगरका अनुसार भारतको हिमाचल प्रदेश, कुल्लु परगनुका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमार तस्करीको प्रयासमा संलग्न थिए। उनीहरूको साथबाट १७ हजार ४ सय ग्राम चाँदी र पहेँलो धातुका गरगहना बरामद गरिएको हो। बरामद गरिएको धा