तरहराको जंगलमा आलु र बन्दकोभीको बोरा भित्र २ क्वीन्टल गाँजा

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा बरामद भएको हो ।
लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार ७० वटा बोरामा प्याक गरिएको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद भएको छ ।

गाँजा बरामद भएसँगै ट्रक र ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३३ वर्षीय सुनील राई र ट्रकमा सवार ३२ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको जानकारी एसपी तिम्सिनाले दिए । साथै, चेकजाँचस्थलमा शंकास्पद रूपमा भेटिएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गाँजाको ओसारपसारमा सुमनको संलग्नता छ कि छैन भनेर यकिन भइसकेको छैन । यस विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved