धरानमा श्रमदानको नाममा किर्ते हस्ताक्षरले उपमहानगर तनाबग्रस्त नगर सभा प्रभावित हुने संकेत,अहिले सम्म छैन तयारी बग्रस्त

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै उग्र रुप लिन थालेको छ ।
मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूका कारण धरान सोमबारदेखि तनाग्रस्त भएको हो । श्रमदानको नाममा उपमहानगरबाट श्रम गर्नेलाई भुक्तानी गर्र्ने विषयमा मेयर र उप मेयरवीच विवाद बढ्दै गएको छ ।

मंगलरबार पनि दुई समुहवीचको हुल हुज्जतले गर्दा दिनभर नै तनाब ग्रस्त बन्यो भने उपमहानगरको कामकाज प्रभावित भयो ।
बिहान मेयरका समर्थकले उपमेयरको कार्यकक्षमा फेरी घेराउ गर्न पुगे । उप मेयरलाई डोजर, स्काभेटर र टिपरको चाबी माग गर्दै चर्को नाराबाजीमा उत्रिएपछि उप मेयरका समर्थकहरु पनि उप महानगरमा पुगेपछि अवस्था दिनभर तनाबग्रस्त बन्यो ।दुवै समुह वीच झडप समेत भएर प्रदर्शनकारी र प्रहरीवीच घम्सा घम्सी भयो ।

शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय धरानका टोलीले दुई पक्षबीच झडप हुन नदिन प्रयास गरेका थिए । धरान–१० नारायणपथमा स्काभेटर प्रयोगका लागि चाबी माग्दै आएका मेयर समर्थकहरूले आफूले चाबी नदिएपछि उनीहरु आक्रोशित भएका थिए।

उप मेयर वेघाले भने “नगर स्रोतको दुरुपयोग रोक्नको लागि मैले चाबी नियन्त्रणमा लिएको हुँ,”नियमबिनाको प्रयोग भइरहेको देखेर मैले हस्तक्षेप गरे ।”तर,मेयर पक्षधरहरूले भने श्रमदान कार्यक्रम मार्फत नै काम भइरहेको बताउँदै उपमेयरले अनावश्यक अवरोध सिर्जना गरिरहेको आरोप लगाउँदै आएका छन।
सामाजिक सन्जाल र सन्चार माध्यममा धरान १६ स्थित ग्याबियन जाली राख्न श्रमदानबाट गरिएको काम र त्यसको भुक्तानी गर्न उप मेयरले नमानेपछि विवाद बढ्दै गएको छ । उप मेयर वेघाले श्रमदान स्वयंसेवाको कामको लागि पनि भुक्तानीको दबाव आएपछि अस्वीकार गर्दै आएका छन् । ग्याविन डोर भुक्तानी समेत किर्ते भएको उप मेयरको दाबी छ ।

उनले भने,श्रमदाताको नाममा गरिएको हस्ताक्षर सवैको उस्तै र एउटै ब्यतिmले गरेको देखिन्छ,“यहाँ श्रम अभियानको नाममा गरिएको यस्तो कार्य मान्य हुँदैन,उक्त कार्य निन्दनीय हो,जनताले वुझ्न जरुरी छ ।”मेयर र उप मेयरको विवादले नयाँ आर्थिक बर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया समेत अन्योलमा पार्ने संकेत देखिएको छ।

कार्य पालिका सदस्य दिनेश गजमेरका अनुसार स्थानीय तहले कानुन अनुसार असार १० गते गर्नै पर्ने भए पनि अहिलेको विवादले अन्यौल भएको बताए ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved