तस्करीको प्रयास असफल: इलाममा ३२ लाखभन्दा बढीको धातु बरामद

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभन्दा बढीको चाँदी र सुनजस्तो देखिने पहेँलो धातु इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीले बरामद गरेको छ।

आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले दुई भारतीय नागरिकको झोलामा शङ्कास्पद वस्तु देखेपछि चेकजाँच गर्दा धातु फेला परेको हो।

सशस्त्र प्रहरी बल, पशुपतिनगरका अनुसार भारतको हिमाचल प्रदेश, कुल्लु परगनुका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमार तस्करीको प्रयासमा संलग्न थिए।

उनीहरूको साथबाट १७ हजार ४ सय ग्राम चाँदी र पहेँलो धातुका गरगहना बरामद गरिएको हो।

बरामद गरिएको धातुको प्रारम्भिक मूल्याङ्कनअनुसार बजार मूल्य करीब ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ रहेको बताइएको छ।

तस्करी प्रयोजनका लागि भारत लैजान लागिएको उक्त धातु र पक्राउ परेका दुबै व्यक्तिलाई पशुपतिनगरस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved