विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी (लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको व्यहोरा सर्वविदितै छ । तर, लामो समय देखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको छ । अचानक र अन
सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसंगको छलफल कार्यक्रममा धरान उपमेयर पालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताए । मेयर राईले “कोभिड – १९ संग सतर्क रहि सुरक्षाका मापदण्ड अपनाएर आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य संघको सहभागितामा एउटा टीम तयार गरि मोडेल तयार गर्ने” बताएका छन् । मेयर राईले “कर निर्धारण र रात्रीकालीन बजार सञ्चालनका लागि समेत अब छलफल गरिने” बताएका छन् । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा आज जेष्ठ १९ गते सम्पन्न सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले सुनस
प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गर्नुभएको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस
धरान अमेरिका कोरोना राहत कोष, धरान टिमले धरान ८ को हरेराम कृर्तन कुञ्जमा खाद्यान र नगद प्रदान गरेको छ । शनिबार धरान टिमका संयोजक सुदन श्रेष्ठ लगायत सदस्यहरु पूर्ण राई, समिन राई, सुमन श्रेष्ठ र मोहन श्रेष्ठले कुञ्जका अध्यक्ष लोकनाथ सुवेदी र सचिव बासुदेव गौतम लगायतलाई खाद्यान्न तथा रकम हस्तान्तरण गरेको थियो । राहतमा ५० केजी चामल, १५ केजी दाल, १ कार्टन तेल, ३ केजी न्यूटेला, १ कार्टन विस्कुट, ५ केजी चिउरा, १ दर्जन लुगाधुने साबुन, १ दर्जन नुहाउने साबुन, १ प्याकेट पेष्ट सहित औषधि उपचारका लागि नगद रु ४ हजार प्रदान गरिएको थियो ।हरेराम कृतन कुञ्जमा रहेका १२ जना वृद्धबृद्धा सहितका लागि उक्त खाद्यान
अघिल्लो वर्ष देखि नेपालमा फैलिएको अमेरिकन फौजि किराको प्रकोपले मकैबाली नष्ट भए पछि किसानहरु चिन्तित बनेका छन् । फौजी किराको प्रकोप भोजपुरमा फैलिन थालेको छ । फौजि किराले मकैबालि नष्ट भए पछि भोजपुरका विभिन्न स्थानका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए । यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगा
विराटनगर । प्रदेश १ सरकारका बहुवर्षे योजना कटौतीमा पर्ने भएका छन् । सरकारले यस्ता योजनाको पुनः प्राथमिकीकरण गर्ने भएको हो । स्रोत अभावका कारण यस्ता योजनालाई कसरी संचालन गर्ने भन्ने छलफल हुने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री आङ्बोले वहुवर्षे योजनाको बारेमा सरकारले निर्णय लिन सक्ने बताए । उनले कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादन जस्ता क्षेत्र प्रभावित हुने भएकोले प्रदेश सरकारलाई स्रोतको दबाब परेको सदन समक्ष जानकारी गराउँदै भने,“स्रोत स
धरान । लकडाउनको अवधि पनि थप बढ्दै गए पछि चिन्तीत रहेका होटल तथा पर्यटन व्यवसायीहरुले लकडाउनको स्वरुप बदल्न सुझाव दिएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा स्थानीय सरकार सँगको छलफल कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने सुझाव दिएका छन् । पर्यटन व्यवसायी बासुदेव बरालले कोभिड–१९को त्रासमा बस्नुभन्दा अब अवसर खोज्दै व्यवसायीहरुको आत्मविश्वास बढाउने काम गर्नु पर्ने बताए । उनले भने, “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घरभाडा छुट दिनल
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ल०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन
0धरानको १८ नं. वडा कार्यालयले भागवत धर्माशालाका २८ विरामी तथा कुरुवाहरुलाई राहत वितरण गरेको छ । वि.पी.अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लक डाउनका कारण अति नै समस्यामा परेका थिए । राहतमा १० केजी चामल, १ केजी नुन्, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विक
धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् । 'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ । यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ । धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक