सहुलियतमा आधारित कृषि कार्यक्रममा जोड

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारका बहुवर्षे योजना कटौतीमा पर्ने भएका छन् ।

सरकारले यस्ता योजनाको पुनः प्राथमिकीकरण गर्ने भएको हो । स्रोत अभावका कारण यस्ता योजनालाई कसरी संचालन गर्ने भन्ने छलफल हुने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री आङ्बोले वहुवर्षे योजनाको बारेमा सरकारले निर्णय लिन सक्ने बताए ।

उनले कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादन जस्ता क्षेत्र प्रभावित हुने भएकोले प्रदेश सरकारलाई स्रोतको दबाब परेको सदन समक्ष जानकारी गराउँदै भने,“स्रोत सुनिश्चितता गरेर अगाडि बढेका बहुवर्षे योजनाहरु पुनः प्राथमिकीकरण गर्नु परेको छ । केहीलाई स्थगित गर्ने तयारी गर्दैछौं ।” पूर्व बजेट छलफल शुक्रबार समाप्त भएको छ । यसको छलफलमा दुई दर्जनभन्दा धेरै सांसदले भाग लिएका थिए ।

मन्त्री आङ्बोले स्वास्थ्य सेवालाई केन्द्र र उच्च प्राथमिकतामा राखेर बजेट आउने बताए । संगै शिक्षा, रोजगार, कृषि र अनिमात्र पूर्वाधार विकास समेटिने स्पष्ट गरे । भने,“कृषि उत्पादन बढाउन उत्पादनमा आधारित अनुदान दिने, बीऊ पूँजी उपलव्ध गराएर युवाहरुलाई उद्यममा लगाउने सरकारको तयारी छ ।”

अनुदानमा आधारित भन्दा पनि सहुलियतमा आधारित कृषि कार्यक्रम अगाडि बढाइने बताए । विशेष राहत प्याकेज पनि घोषणा गर्ने तयारी सरकारले गरेको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved