कोभिड अस्पतालमा बसेका मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा खाना

  • जेठ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् ।

'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ ।

यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ ।

धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक फिरोज अलीका अनुसार अस्पतालमा बसेका मुस्लिम युवाहरु सहित गैह्रमुस्लिमहरुलाई पनि बिरयानी, चिकन, सेबइ, पुलाउ लगायतका खानेकुराहरु दिइएको छ ।
कोरोना संक्रमित अयुव मियाँले ईदको दिन खीर खाने अपेक्षा गरेपछि बीपी प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माले धरान मुस्लिम समाजका सदस्य समेत रहेका मोहम्मद सागिरलाई जानकारी गराएका थिए । सागिरकै पहलमा समाजले तीन जनाको घरबाट संकलन गरेर अस्पतालमा रहेका २८ जनालाई वितरण गरिएको समाजका अलीले जानकारी दिए ।

यसक्रममा अस्पतालका सहायक अस्पताल निर्देशक डा. दिलिप ठाकुर, प्रा.डा. सञ्जीवकुमार शर्माले समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । ईदको शुभकामना दिँदै कोरोना संक्रमितहरूलाई चाडका बेला सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved