विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी
(लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको व्यहोरा सर्वविदितै छ । तर, लामो समय देखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको छ ।
अचानक र अनिश्चित तवरले शुरु भएको बन्दाबन्दीका कारण मुलुकको आपूर्ति श्रृंखलामा प्रत्यक्ष असर पर्नुका साथै उद्योगी व्यवसायीहरुको पूँजी लगायत श्रमिकहरुको रोजगारी र स्वदेशी उत्पादकत्वमा ठूलो ह«ास आई दयनीय अवस्थामा पुगेको तथा मुलुकको अर्थतन्त्रमा समेत गम्भिर प्रभाव पर्न गएको वर्तमान परिप्रेक्ष्यमा कोभिड १९को रोक थाम र नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिनुका साथै आम उपभोक्ता, श्रमिक, उद्योगी व्यवसायी लगायत सबै वर्गको दयनीय जनजीवनलाई सामान्य स्थितिमा फर्काउन, मुलुकमा उत्पन्न भएको आर्थिक संकटलाई न्यूनिकरण गर्न एवं देशको अर्थतन्त्र समेत चलायमान राख्न अबका दिनमा स्वास्थ्य सुरक्षाका नीतिहरुलाई अनिवार्य अवलम्बन गरी÷गराई महिनौं दिन देखि बन्द रहेका उद्योग, व्यवसाय र बजारहरु सूचारु गर्दै जानु पर्ने धारणा सहित मोरंग व्यापार संघले संघीय, प्रदेश र स्थानीय तहका सरकारहरु, स्थानीय प्रशासन लगायत सम्बन्धित निकायहरुलाई समुचित व्यवस्थापन, सहजीकरण एवं समन्वय गरिदिन निरन्तर पहल गर्दै आएको छ ।
यसै सन्दर्भमा आज मिति २०७७ जेठ १९ गते मोरंग व्यापार संघले कोभिड १९ को संक्रमणको जोखिम प्रति सचेत रही उद्योग संचालन, ढुवानी र श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन गरी सूचारु गर्न आवश्यक प्रोटोकल बारे जिज्ञासा लिन संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले यहाँका नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन चांदी व्यवसायी संघ, मोरंग अटोमोवाईल डिलर्स एसोसिएशन लगायतलाई वस्तुगत संघहरुलाई संघमा आमन्त्रण गरी छलफल गर्नु भएको छ ।
छलफलमा उपस्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरु, पदाधिकारीहरु, प्रतिनिधिहरु लगायतका व्यवसायीहरुले स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्यूतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माणजन्य, ज्वेलरी, श्रृंगार, फर्निचर÷फिक्सर, अटोमोबाइल्स् तथा मेशिनरी स्पेयर पार्टस् आदि व्यवसायहरु संचालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्ता लगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाईजेशन, मानवीय दुरी लगायतका स्वास्थ्य सुरक्षाका विधिहरु अनिवार्य रुपले अवलम्बन गराई प्रत्येक दिन उपभोक्ता आवागतम समयको कम्तिमा चार घण्टा बजार तथा व्यवसाय संचालन गराउन एकबद्ध भई पहल गर्ने निष्कर्ष निकालेका छन् ।
साथै, बैंकका सम्पूर्ण शाखाहरु सहित कार्यालयहरु संचालन गराउन, भन्सार जाँचपासका कार्यलाई तिब्र बनाउन आदिकालागि समेत सम्बन्धित निकायमा पहल गरिने भएको छ ।
संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त छलफल कार्यक्रममा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, वाणिज्य उपाध्यक्ष श्री विकास कुमार वेगवानीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का. सदस्यहरु श्री सुशिल सुरानाज्यू, श्री संजय कुमार श्रेष्ठज्यू, श्री सन्तनु रेग्मीज्यू लगायतको सहभागिता रहेको थियो ।
यस अघि मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको नेतृत्वमा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री माननीय मोती दुगडज्यू, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कुमार कार्कीज्यू, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्रीमती भवानी राणाज्यू, संघीय सरकारका गृह सचिव श्री महेश्वर न्यौपानेज्यू, नेपाल प्रहरीका महानिरीक्षक श्री ठाकुर प्रसाद ज्ञवालीज्यू समक्ष संघका सहयात्री संस्था उद्योग संगठन मोरंग लगायत वीरगञ्ज, सिद्धार्थनगर
(भैरहवा) र नेपालगंज उद्योग वाणिज्य संघहरुको समेत समष्टिगत समस्याहरु अवगत गराउन ूऋययचमष्लबतष्यल ायच यउभचबतष्यल या क्ष्लमगकतचष्भक, त्चबमभ ७ ःबचपभत बmष्म ऋइख्क्ष्म् ज्ञढू विषयक उच्चस्तरीय वेभिनार कार्यक्रमको आयोजना गरी व्यापक छलफल गरेको थियो ।