लकडाउनको स्वरुप बदल्न होटल तथा पर्यटन व्यवसायीको सुझाव

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको अवधि पनि थप बढ्दै गए पछि चिन्तीत रहेका होटल तथा पर्यटन व्यवसायीहरुले लकडाउनको स्वरुप बदल्न सुझाव दिएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा स्थानीय सरकार सँगको छलफल कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने सुझाव दिएका छन् ।

पर्यटन व्यवसायी बासुदेव बरालले कोभिड–१९को त्रासमा बस्नुभन्दा अब अवसर खोज्दै व्यवसायीहरुको आत्मविश्वास बढाउने काम गर्नु पर्ने बताए ।

उनले भने, “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घरभाडा छुट दिनलाई घरबालालाई त्यो रकम बराबर बहाल कर छुट दिनुपर्दछ ।”
कार्यक्रममा धरान डोभ होटलका सञ्चालक विशाल राईले थप पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि धरान उपमहानगरपालिकाले लगानी बढाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, होटल गजुरका रञ्जना झा, एक्स्ट्रीम धरानका रामप्रसाद राई, होटल सन्ध्या ईनका प्रोप्राईटर रविन गौतम, धरान उपमहानगरपालिकाका पर्यटन समितिका संयोजक किशोर थुलुङ्गले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी सुवेदीले कोभिडको त्रास संगै व्यवसायीले जिवन जिउने कला सिक्नुपर्ने बताइन् ।

भण्डारीले “अब व्यवसायीले कोरोनाको त्रासमा व्यवसायी बाच्नु भन्दा जिवन जिउनेकला सिक्नु पर्दछ, व्यवसायी इमान्दार र लचिलो भए भने धरानको व्यवसाय सहज बनाउन उपमहानगरपालिकाले कार्यविधि बनाउने छ ।”
त्यसैगरी धरान उपमहानगरापालिकाका नगरप्रमुख तिलक राईले धरानको बजारलाई महङ्गो भन्ने भ्रामक कुरालाई व्यवसायीले चिर्नुपर्ने बताए ।

राईले भने, “हाम्रो शहर महङ्गो छ भन्ने सुनिन्छ, त्यसो हु“दा पर्यटन प्रवद्र्धन हुन सक्दैन, व्यवसायीहरुले त्यस तर्फपनि ध्यान दिनुका साथै बोलि, व्यवहार र वातावरण पनि पर्यटन मैत्री हुनुपर्छ ।”

कोभिड–१९ को सम्बन्धमा पर्यटन व्यवसायीहरुको माग के कति बजेटमा समेट्न सकिन्छ, त्यस सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघको पहलमा पुनः छलफल गरिने उनले बताए ।

संघका अध्यक्ष गिरिधारी सापकोटाले धरानले अन्य स्थानको समेत प्रवद्र्धन गर्नुपर्ने बताए ।

पर्यटकका आकर्षणका लागि भएका मन्दिर भन्दा अन्यत्र, जस्तै शुलिकोट, सा“गुरीगढीलाई ऐतिहासिक स्थलको रुपमा परिचित गर्नुपर्ने तथा पञ्चकन्या मन्दिरको जङ्गललाई मिनी जुको रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

सापकोटाले विष्णुपादुकामा केवलकार र औद्योगिक ग्राम स्थापनाको लागि समेत सुनसरी उद्योग वाणिज्य संघले आवश्यक पहल गरिरहेको बताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved