सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसंगको छलफल कार्यक्रममा धरान उपमेयर पालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताए ।
मेयर राईले “कोभिड – १९ संग सतर्क रहि सुरक्षाका मापदण्ड अपनाएर आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य संघको सहभागितामा एउटा टीम तयार गरि मोडेल तयार गर्ने” बताएका छन् । मेयर राईले “कर निर्धारण र रात्रीकालीन बजार सञ्चालनका लागि समेत अब छलफल गरिने” बताएका छन् ।
संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा आज जेष्ठ १९ गते सम्पन्न सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य संघले तयार पारेको बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । सो प्रस्ताव पत्रमा बजारमा १४ देखि ५९ वर्षसम्मका स्वस्थ्य व्यक्तिले मात्र प्रवेश पाउनु पर्ने र पसललाई २ तहमा वर्गीकरण गरिनुपर्ने उल्लेख गरिएको छ ।
श्रेष्ठले प्रस्तुत गरेको सो मोडालिटीमा “बजारलाई तीन तहमा वर्गिकरण गर्नुपर्ने, बिग्रने सामान बिक्री गरिने पसललाई बिहान ६ देखि ९ बजेसम्म र नबिग्रने वस्तुको पसललाई दिउ“सो ११ देखि ४ बजेसम्म खोलिनु पर्ने, मोटरसाईकल जोर बिजोर नम्बरमा चलाउनु पर्ने र धरान बजार छिर्ने नाकाहरुमा सुरक्षा चेकपोष्ट स्थापना गरिनुपर्ने ” लगायतका बु“दाहरु उल्लेख गरिएको थियो ।
सौन्दर्यकला व्यवसायी संघका सचिव नेबिका शाहीले अब सौन्यर्दकला व्यवसायीलाई पनि पीपीई उपलब्ध गराउनुपर्ने बताएकी छिन । सचिव शाहीले “ब्यूटिसियनको पेशा स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय सरकारले व्यूटिशियनलाई पीपीई उपलब्ध गराउनु पर्ने तथा बाहिरबाट आई व्यवसाय गरेका सौन्दर्यकला व्यवसायीलाई राहतको समेत आवश्यकता भईसकेको” बताएकी छिन् ।
संघका कार्यसमिति सदस्य विष्णु बरालले व्यवसायीहरुले सञ्चालन गरेको पसलको घरभाडा छुट सम्बन्धमा घरवालाहरुको प्रतिनिधिलाई समेत सहभागी गराई धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघसमेत सम्मिलित समिति बनाई छलफल गरिनुपर्ने बताएका छन् । सदस्य बरालले “धरान उपमहानगरपालिकाले धरानका कुनै ४ वटा वडालाई नमूना वडाको रुपमा लिई बजार खोल्नु पर्ने र राष्ट्रमै नमूना शहरको रुपमा बजार खोल्ने नगर बनाउन सुरुवात गर्नुेपर्ने तथा घरबहाल छुटको सम्बन्धमा घरवालाको प्रतिनिधि सम्मिलित समितिक बनाई छलफल गरिनुपर्ने” बताएका छन् ।
त्यसैगरी सुनसरी सुनचा“दी व्यवसायी संघका अध्यक्ष किसन मास्केले “पहेलो धातु व्यवसाय अब १ वर्षसम्म नचल्ने भएकोले व्यवसायीलाई सरसफाई दोहोरो कर र व्यवसाय कर छुट गरिनुपर्ने” बताएका छन् ।
संघका कार्यसमिति सदस्य नविनराज भण्डारीले “धरान नगरभरि उपमहानगरपालिकाको स्वामित्वमा रहेका खाली जग्गामा टहरा निर्माण गरि उपमहानगरपालिकाले आम्दानीको श्रोत वृद्धि गर्नुपर्ने” बताए ।
संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा संयुक्त व्यापार एकता संघका अध्यक्ष्ँ रामकुमार दास, धरान मदिरा व्यवसायी संघका अध्यक्ष नवीन तामाङ, संयुक्त ग्रील उद्योग व्यवसायी संघका अध्यक्ष राजकुमार राई, होटल व्यवसायी समितिका सचिव वासुदेव बराल, सुनसरी डिलर तथा थोक व्यवसायी संघका अध्यक्ष माणिक सुराना, होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भट्टराई, वस्तुगत समन्वय समितिका संयोजक रामस्वरुप शर्मा लगायतले बजार खोलिनुपर्ने र कर निर्धारण सम्बन्धमा आ–आफ्ना धारणा पार्नुपर्ने बताएका थिए ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले स्वागत गरि शुभारम्भ भएको उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारीले व्यवसायी र स्थानीय सरकारको नङमासुको सम्बन्ध रहेको बताएकी छिन् । उपप्रमुख भण्डारीले “ व्यवसायी बिना सरकार र सरकार बिना व्यवसायी चल्न नसक्ने अनि पसल खोल्ने क्रममा कसैलाई काखा पाखा नगरिएको र सामाजिक दूरी र सुरक्षा संयन्त्रलाई मध्यनजर गरिनुपर्ने” बताएकी छिन् ।
डिएसपी ढुण्डीराज न्यौपानेको बिदाई
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ १९ गते धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी तथा सुनसरी उद्योग वाणिज्य संघका वस्तुगत संस्थाका प्रतिनिधिहरुबिच इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई कार्यक्रम आयोजना गरिएको छ । न्यौपानेले १३ महिना धरान वसाईको क्रममा धरानवासीहरुलाई पु¥याउनु भएको सेवाका लागि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष्ँ गिरिधारी सापकोटाले संघ र धरानका व्यवसायीहरुका तर्फबाट आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा डिएसपी ढुण्डीराज न्यौपानेले १३ महिना अत्यन्तै छोटो रुपमा व्यतित भएको बताएका छन् । डिएसपी न्यौपानेले “धरानमा काम गर्नु अत्यन्तै गाह्रो हुने यदाकदा चर्चा हुने गरेको पाईए पनि त्यो भन्दा फरक धरानवासीकोे साथ र सद्भावले अत्यन्तै सहज महशुस गरेको छु र यो १३ महिना मलाई १३ दिन जस्तो छोटो महशुस भएको” बताएका थिए । डिएपी न्यौपानेले “शुरुमा धरान आउ“दा सबैलाई चिन्न गाह्रो भएपनि आजको विदाई कार्यक्रममा सबैको माया पाउ“दा आफूलाई गौरन्वान्वित महशुस गरेको र जिम्मेवारी बढेको महशुस गरेको छु” । संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष लगायत वस्तुगत संस्थाका अध्यक्ष्ँहरुले डिएसपी न्यौपानेलाई मायाको चिनो समेत प्रद ान गरेका थिए ।