फौजि किराको प्रकोपले भोजपुरका किसान चिन्तित

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 अघिल्लो वर्ष देखि नेपालमा फैलिएको अमेरिकन फौजि किराको प्रकोपले मकैबाली नष्ट भए पछि किसानहरु चिन्तित बनेका छन् ।

फौजी किराको प्रकोप भोजपुरमा फैलिन थालेको छ । फौजि किराले मकैबालि नष्ट भए पछि भोजपुरका विभिन्न स्थानका किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो ।

गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए ।

यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने उनको भनाई छ ।

सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ ।

दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिए । वडाध्यक्ष नेपालले भने, ‘हाम्रो गाउँपालिकाको वडा नं ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १०० बढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ ।’

फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा नं १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ ।

फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६ सय १० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताए ।

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved