काठमाडौँ/ जेनजी आन्दोलनको नाममा भइरहेको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा मजदुर नेता भीमज्वाला राईले देशलाई थप क्षतिबाट जोगाउन सबै दल, नागरिक समाज र जिम्मेवार पक्ष एकजुट हुनुपर्ने बताएका छन्। उनले भदौ २३ र २४ गतेको घटनाले मुलुकले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। राईले भने, “हाम्रा अग्रजहरूको सात दशक लामो संघर्ष र रगत–पसिनाको मूल्य नेपालको संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्र हो। यसको रक्षा हाम्रो न्यूनतम्
वराहक्षेत्र/ असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले वराहक्षेत्र नगरपालिकाका दर्जनभन्दा बढी बस्ती जलमग्न बनेका छन्। वडा नं ३ को नडाहा, इक्राई, वडा नं ४ को प्रतापपुर–दुब्याही, वडा नं ६ को ठाकुरवारी, वडा नं ९ को राजावास र वडा नं १० को विद्यालय पछाडिका क्षेत्र विशेष प्रभावित बनेका थिए। अर्का क्षेत्रका पीडितहरूको दैनिकी सामान्य बन्दै गए पनि वडा नं ४ र वडा नं ११ का डुवान पीडितहरू अझै कष्टकर जीवन बिताइरहेका छन्। वडा नं ४ का प्रभावितहरूलाई खाद्यान्न र स्वास्थ्य समस्याले सताएको छ भने वडा नं ११ का पीडितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानु परेको थियो। नगरपालिकाले&n
काठमाडौँ/ अविरल वर्षाबाट घरबारविहीन बनेका बाढी–पहिरो प्रभावित परिवारलाई सरकारले तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, घर भत्किएका प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि तुरुन्तै ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, बाढी–पहिरोमा मृत्यु भएका, बेपत्ता तथा घाइते भएकालाई दिने क्षत
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार अस्पताल प्रशासनले सोमबार सूचना एवं सर्कुलर पनि जारी गरिसकेको छ । प्रतिष्ठानका अनुसार आउदो कार्तिक १ गतेदेखि लागु हुने गरि विरामीले पेइङ सेवा लिदा अप्रेशन शुल्क मात्र पेइङको दररेटमा यथावत रहने भएको छ । त्यसबाहेकका सम्पुर्ण अतिरिक्त सेवाहरुको शुल्क नलिने र
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धानबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाका आधारमा गत राति ११:३० बजे इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले धानबारीमा लुकाइराखिएको १३ वटा प्लास्टिकका पोकाभित्र ५३७.१४० किलोग्राम गाँजा फेला पारेको हो। सो घटनामा संलग्न ४५ वर्षीय दिनेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको गाँजा र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको र घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।
झापा/लगातार दुई दिनदेखि परेको अविरल वर्षाले देशभर त्रासदीपूर्ण मानवीय क्षति पुर्याएको छ। अहिलेसम्म ५३ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता रहेका छन्। सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ मात्र ३७ जनाको मृत्यु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम यसपटकको विपत्तिको केन्द्र बनेको हो। इलामका देउमाई, माईजोगमाई, सूर्योदय, माई र सन्दकपुर क्षेत्रमा एकै परिवारका सदस्यसहित बालबालिका र वृद्ध वृद्धा ज्यान गुमाउनेहरूको संख्या धेरै छ। पहिरोले गाउँका गाउँ उद्ध्वस्त बनाएको छ। अन्य जिल्लाहरू पनि समान रूपमा प्रभावित भएका छन्। • झापामा आमा–छोरा बाढीले बगाउँदा मृत्यु भ
काठमाडौँ/धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । यसैसँगै १५ दिन लामो बडादसैँ पर्व पनि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक विश्वास अनुसार यस रात जाग्राम बसेका घर–घरमा देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नताको आशीर्वाद दिन्छिन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज अखिल बलिपूर्तिसमेत गर्ने शास्त्रीय विधान छ । विजयादशमीदेखि सुरु भएको टीका–जमरा थाप्ने क्रम पनि आजै अन्त्य हुने परम्परा छ । साथै, जमर
इलाम/निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्याएको छ। जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता र घाइते भएका छन्। डम्बरबहादुर तामाङको घरमा खसेको पहिरोले घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घरमा खसेको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक ज
झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।” विभागले सम
प्रिय कुलमान जी प्रिय रामेश्वर जी प्रिय ओमप्रकाश जी सम्माननिय श्रीमान् शुशिला जी तपाईंहरू त अध्यारो देशकाे सवैभन्दा उज्यालाे मान्छेहरू । सायद अँध्यारो देसका भुईमान्छेहरूकाे पिडा बुझ्ने भएकैले हाेला जेन्जि पुस्ताले सुरूवात गरेकाे कुशासन र भ्रष्टाचार विराेधी जेन्जि आन्दोलनका हाईज्याकरहरूकाे स्वार्थ समुहकाे काेपभाजनमा नयाँ शासक बन्ने माैका पाउनु भएकाे छ । यहाँहरूकाे टिमलाई बधाई तथा शुभकामना छ । देश पाेलर आगाे ताप्ने र खरानी घस्नेहरूकाे कुकृत्यकाे क्षतिपूर्ति गर्न पुनःनिर्माण काेषकाे आब्हान गरीएकाे सन्दर्भमा भुईमान्छेहरूकाे तर्फबाट केही चेतावनी हेक्कामा राख्न अनुराेध गर्दछु । कर आ