जेनजीको नाममा पागलपन : संविधान र लोकतन्त्र माथि धावा बोल्न पाइँदैन” – भीमज्वाला राई

  • असोज २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  जेनजी आन्दोलनको नाममा भइरहेको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा मजदुर नेता भीमज्वाला राईले देशलाई थप क्षतिबाट जोगाउन सबै दल, नागरिक समाज र जिम्मेवार पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

उनले भदौ २३ र २४ गतेको घटनाले मुलुकले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

राईले भने, “हाम्रा अग्रजहरूको सात दशक लामो संघर्ष र रगत–पसिनाको मूल्य नेपालको संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्र हो। यसको रक्षा हाम्रो न्यूनतम् शर्त हो।”

उनका अनुसार, जेनजी मुभमेन्टपछि उद्देश्यसहित नयाँ सरकार बनेकाले अब सरकारलाई काम गर्न दलहरू र सबै पक्षले सहयोग गर्नु जरुरी छ। संविधान र कानुनभित्र रहेर मात्र राज्य संचालन गर्न सकिने भन्दै उनले कुनै अमूर्त समूह वा व्यक्तिले कार्यकारी संरचना र प्रक्रियामा हस्तक्षेप गर्ने छुट नरहेको चेतावनी दिए।

राईले संवैधानिक अंग र अख्तियारजस्ता संस्थामाथि ‘दादागिरी शैलीमा धावा बोल्ने’ प्रवृत्ति विधिसम्मत नभई पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गर्दै यस्ता कार्यले फेरि द्वन्द्व निम्त्याउने खतरा रहेको बताए। उनले पूर्व प्रधानमन्त्री वा मन्त्रीलाई छानबिन प्रक्रिया सुरु हुनुअघि नै गिरफ्तार गर्न दबाब दिने उरन्ठेउलो चरित्र लोकतान्त्रिक संस्कार विपरीत रहेको समेत उल्लेख गरे।

“जेनजीको नाममा हुने सबै अराजकता अब सहिन्न। देशले पर्याप्त क्षति भोगिसकेको छ, अब थप क्षति हुन दिनु हुँदैन,” राईले भने।

उनले देशलाई आतंकित बनाउने, गुण्डागर्दी र पागलपनलाई नरोकेसम्म लोकतान्त्रिक मूल्य र संविधान सुरक्षित नरहने चेतावनी दिँदै वास्तविक जेनजी पुस्ताले नै यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved