प्रिय कुलमान जी
प्रिय रामेश्वर जी
प्रिय ओमप्रकाश जी
सम्माननिय श्रीमान् शुशिला जी
तपाईंहरू त अध्यारो देशकाे सवैभन्दा उज्यालाे मान्छेहरू । सायद अँध्यारो देसका भुईमान्छेहरूकाे पिडा बुझ्ने भएकैले हाेला जेन्जि पुस्ताले सुरूवात गरेकाे कुशासन र भ्रष्टाचार विराेधी जेन्जि आन्दोलनका हाईज्याकरहरूकाे स्वार्थ समुहकाे काेपभाजनमा नयाँ शासक बन्ने माैका पाउनु भएकाे छ । यहाँहरूकाे टिमलाई बधाई तथा शुभकामना छ । देश पाेलर आगाे ताप्ने र खरानी घस्नेहरूकाे कुकृत्यकाे क्षतिपूर्ति गर्न पुनःनिर्माण काेषकाे आब्हान गरीएकाे सन्दर्भमा भुईमान्छेहरूकाे तर्फबाट केही चेतावनी हेक्कामा राख्न अनुराेध गर्दछु ।
कर आतङ्क, महंगी, घुसखाेरी, कालावजारी, कार्टेलिङ, सिन्डिकेट, गुन्डागर्दी, अशिक्षा र गरीबीकाे अन्तिम भार बाेक्ने तल्लाे तहका भरीयाहरू भुईमान्छेहरू नै हुन् भन्ने बुझ्नु भएकाे छैन भने आजबाटै बुझ्नुहाेला। झट्ट हेर्दा बढिमा दुईचार लाख खेलाे फड्काे गर्न सक्ने, छाेराछाेरीलाई फेसनेवल प्राईभेट स्कुलमा पढाउन सक्ने, दुई तिन काेठे भए पनि सहरमा सानाे घर भएका, सेकेन्ड हेन्ड भए पनि दुई पाङ्ग्रे सवारी चढेर हिड्न सक्ने देखि "लुटाे ल्यायाे भुटाे खायाे ।" सम्मका यि भुईमान्छेहरूले आफ्ना धेरै रहरहरूकाे तिलान्जली दिएर मात्र देखावटी तरक्कि गरेका हुन्छन् भन्ने तथ्य बुझ्नु भएकाे हाेला छैन भने आजकै मितिबाट सेन्स गर्नु हाेला । उदाहरण स्वरूप उनिहरू बिश्व स्वस्थ्य संगठन मापदण्ड अनुसारको न्युनतम क्यालाेरी समेत एफाेर्ड गरीरहेका हुँदैनन् भन्ने बुझ्नुहाेला । अरूलाई भरीया वनाएर लाेकप्रियता बटुल्नु हुन्न भन्ने ईमान र चेत तपाईं जत्ति बाैद्दिक ब्यक्तिवलाई हेक्का हुनु पर्दछ । तपाईहरूकाे आदेश मान्न यि मनकारी भुई मान्छेहरू तयार बाध्य बनाउनु हुन्न भन्ने कुरामा म आशावादी छु ।
सरल भाषामा भन्दा बिदेशमा पसिना बेच्नेहरू, इमान्दार राष्टसेवकहरू, इमान्दारहरू कर्मचारी, ज्यामीहरू, मजदुरहरू, पेशाकर्मी, हाउसहाेल्ड ब्यवसायी र साना ब्यापारी, सुरक्षाकर्मी, सिपाही, ट्राफिक, खरदार, सुब्बा, पियन ड्राइभर, खलासी, मास्टर-मास्टरनीहरूलाई खरानी टकटक्याएर उठ्ने सपनाकाे दायित्व नलाद्नुहाेला भन्ने बिश्वास लिएकाे छु । उनिहरूका राेजगारदाता, संगठन, छाता संगठन र कार्टेलिङ संजालकाे प्रयाेग गरि मध्यम र निम्न स्तरका भुईमान्छेहरूकाे गाँस काटेर अनिवार्य संकलन गर्ने आदेश जारी नगर्न भन्नुहुनेछ भन्ने भराेसा राखेकाे छु । याे भ्रष्टाचार, कुशासन, कालाबजारी मुल्यबृद्दिलाई बढवा दिने गलत संस्कृति हाे भन्ने बुझ्नुहाेला । याे सस्कृति पनि कुसाशनकाे प्रवर्धनकाे एउटा श्राेत हाे । याे संस्कृतिले अकुत कमाउने पुरानै देशि दलालकाे प्रतिष्ठा बृद्दि र भुईमान्छेकाे दैनिक जिवनमा सञ्चालनमा असन्तुलन ल्याउनेछ । राज्यलाई दस लाख चन्दा दिएर दस अरव कर छलि गर्नेलाई याे यस्ताे दस लाख आफैं लगानी गर थप दस जनालाई राेजगारी बढाउ भन्न आग्रह गर्दछु ।
म आफू पनि यहि वर्गकाे प्रतिनिधि पात्र हुँ। महामारी, भुकम्प, बाढी पहिराे र यस्तै बाहनामा राेजगारदाताबाट मैले कर तिरेकाे रकममा फेरी अनिवार्य दायित्व भुक्तानी गर्न बाध्य बनाईएकाे अनुभव आलै छ । भड्किलो बर्थ डे पार्टी, विवाह संस्कार, दल दलले र बजाउने मादलहरू, मन्दिर, क्लव, सामाजिक अभियान, मृगौला पिडित सहयाेग यस्ता सयाै प्रकारका चन्दाका अफर आउँदा लग्ने गर्दछ राज्य नामकाे चराे याे आकाशमा छँदैछैन । झट्ट हेर्दा कठिन समयमा गरिने यस्तो अनिवार्य दायित्वकाे बिराेध अमानवीय जस्ताे लाग्न सक्छ । तर त्यहि प्रयाेजनका लागि प्रत्यक्ष करकाे रूपमा र पटक पटक अप्रत्यक्ष करकाे रूपमा राज्य संञ्चालन शान्ति सुरक्षा र बिकास निर्माणका लागि रकम बुझाए पनि फेरि अनिवार्य रूपमा याेगदान गराईनु भ्रष्टाचार र कुसाशन हाे कि हैन र भ्रष्टाचार र कुसाशन बिराेधी आन्दोलनले स्थापित सरकारले यसाे गर्नैनु नैतिकरूपमा सहि वा गलत के हाे ? मनन गर्न आग्रह गर्दछु ।
हाेला खरानी भएकाे राज्यलाई छिट्टै खरानी पन्छाएर पुनर्निर्माण गर्ने हुटहुटी हुन सक्छ । छाेटाे अवधीमा काम निकालेर कुनै राजैनिक झुन्डकाे राेटी सेकाउनु पर्ने हाेला तर त्यस कार्यका लागि दायित्व म जस्तालाई थुपारीयाे भने तपाईले मलाई अनियमितता, भ्रष्टाचार वा कुशासन गर्न उक्साउनु भएककाे हाे भन्न बाध्य हुने छु । मलाई काला कालावजारी गर भनेर अनुमति दिदै हुनुहुन्छ भन्ने बुझ्छु । कार्टेलिङकाे माध्यम बनाएर समूह बनाई जनता लुटे हुन्छ भन्दै हुनुहुन्छ भन्ने बुझ्छु। किनभने मेराे औकातको कमाईबाट तपाईंकाे उदेश्य पूरा गर्न सम्भव हुँदैन । जवरजस्त लाद्नु भयाे भने म जस्ता भुईमान्छेहरू इमान्दारी त्यागेर कटाैती भएकाे आर्थिक श्राेत पुर्ति गर्न भ्रष्टाचारलाई वढवा दिने गरी बिकल्प साेच्छन् भन्ने बुझ्नुहाेला । यसकाे जिम्मेवार तपाईं हाे या हैन विचार गर्न आग्रह गर्दछु ।
बरू तपाईंकाे सटकटवाला पुनर्निर्माणमा लाउन सकिने थुप्रै श्राेतहरू चुहावट भइ रहेका छन्। त्यस्ता भ्वाङहरू टालेर काम गर्ने याेजना बनाउन आग्रह गर्दछु ।
१. जनताले तपाईंहरूलाई महामानव सम्झन्छन् । महामानवकाे घर, परिवार, आगेपिछे, दायाँबायाँ, ब्यक्तिगत सम्पत्ति केही हुनु हुँदैन । उनिहरू कामका भाेका हुन्छन् । आफ्नाे ब्यक्तिगत पूरा गर्ने न्युनतम श्राेत छुट्याएर बाँकी सम्पत्ति घाेषित काेषमा जम्मा गरेर महानता देखाउनुहाेस् ।
२. पव्लिक प्राेपर्टी संरक्षण गर्नु नागरिकको पहिले दायित्व हाे । यसकाे हेक्का नराखी जेन्जि आन्दाेलनलाई हाई ज्याक गरेर ताेडफाेड, आगजानी र बिध्वङ्समा समलग्न हुने गिराेह पत्ता लगाई क्षतिकाे दामासाही रकम काेषमा जम्मा गराएर देखाउनुहाेस् । तब कारवाही आम माफी गरिदिनु भए पनि हुन्छ।
३.याे आन्दोलनकाे माग संखेकिराकाे पिठ्युँकाे कुम्लाे जस्तै गरीव जनताकाे पिठ्युँकाे कुम्लाे बनेकाे प्रदेश संरचनाकाे खारेज गरि शक्तिशालि र सक्षम स्थानिय निकाय केन्द्रीय निकाय कायम राखी भाेट मागेर तलब भत्ता सुविधा लिएकाे रकम बरावर वचत हुने रकम काेषमा जम्मा गर्ने प्रबन्ध मिलाउनुहाेस् ।
४. तपाईंहरूले उठान गरे जस्तै अकुत आर्जन गरी सुुरूङमा लुकाएकाे कालाे घन जफत गरी उक्त काेषमा जम्मा गर्नुहाेस्।
५. जेन्जि आन्दोलनलाई उकास्ने युट्युवर, टिकटकर र सामाजिक सञ्जाल सेलिब्रेटिहरूलाई उनिहरूकाे पाप पखालिने गरि हालसम्मकाे आर्जन गरेकाे रकमकाे कर स्व घाेषणा गर्न लगाई काेषमा जम्मा गर्न लगाउनुहाेस्।
६.डलर मागि खाने एन.जि.ओ. नामका छुट्टै भाँडाेबाट खर्च गर्ने र नेपाल देशलाई कमजाेर बनाउन नेपाल भित्रै भाईरस तयार गर्ने एन.जि.ओ. हरूलाई सरकारी प्रशासन मातहतबाट मात्र खर्च गर्न मिल्ने कानुन बनाई श्राेतलाई पुनर्निर्माणमा प्रयाेग गर्न सुझाव गर्दछु ।
७. राजनीति पुर्ण रूपमा स्वयंसेवि कार्य हाे । याे तलवी कार्य हैन हाल सत्ताईस हजार भन्दा बढि स्थानिय निकायका सदस्यहरूकाे पटके न्युनतम बैठक भत्ता बाहेकका सवै सुविधा तत्काल कटाैती गरी वचत भएकाे रकम पुनर्निर्माणमा लगाउन सुझाव गर्दछु ।
८.प्रविधिसंग उदासीन पचास वर्ष कटेका वा अन्य मापदन्ड वनाई ऐक्षिक अवकास, अनिवार्य अवकास, लक्षित समूह अवकास लगायत विधिवाट कर्मचारी आधा कटाैति गरि प्रविधि मैत्री कटाैती भएकाे एक तिहाई संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने र वचत भएकाे काेष पुनर्निर्माणमा लगाउनुहाेस् ।
९. नेपाल बयालीस प्रतिसत भन्दा बढि जंगल भएकाे मुलुक हाे । बन जंगल संरक्षणमा हामी जति उदाहरणीय छाै त्यति उदासीन यसकाे उपयोगमा छाै । यसकाे दिगाे उपयोग गर्न पुराना, आकार बृद्दि नहुने, सुकेर नष्ट हुने अवस्थामा पुगेका रूख कटान गरीनयाँ रूख राेपी जनतालाई उचित मुल्यमा बिक्री गरेर प्राप्त रकम पुनर्निर्माणमा लगाउनुहाेस् ।
१०. हामी समथर बिहारकाे ठिक माथी छाै । बिहारमा विकास निर्माणका लागि आवश्यक बालुवा गिटी राज्यले नै उचित मुल्य निर्धारण तथा वाषिर्क काेटाका आधार बिक्री गरेर उक्त काेष पुनर्निर्माणमा लगाउन सुझाव गर्दछु ।
अन्तमा, करदाताबाट थप चन्दा असुली गर्ने भ्रष्ट संस्कृति मुर्दावाद !
कर छलि गर्कने कपटी दलाल चाेख्याएर भुईमान्छेकाे घाँटी निचाेर्ने मगन्ते संस्कृति मुर्दाबाद !
रमेश धिताल इटहरी
9852056666