बाढी–पहिरो पीडितलाई सरकारबाट तत्काल ५० हजार सहयोग

  • असोज २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  अविरल वर्षाबाट घरबारविहीन बनेका बाढी–पहिरो प्रभावित परिवारलाई सरकारले तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, घर भत्किएका प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि तुरुन्तै ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, बाढी–पहिरोमा मृत्यु भएका, बेपत्ता तथा घाइते भएकालाई दिने क्षतिपूर्ति रकम पनि तत्काल निकासा गर्ने व्यवस्था मिलाइएको छ।

बैठकले प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी र स्थायी वासस्थानको व्यवस्था गर्ने लगायतका तत्काल कार्ययोजना तय गरेको छ।

त्यसैगरी, संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरिएको छ। महामारी फैलिने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयमार्फत रोकथाम तथा उपचारको पहल गर्ने व्यवस्था पनि गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय खोज उद्धार मापदण्ड  अनुरूप सुरक्षा निकायलाई आवश्यक तालिम तथा पूर्वाधार व्यवस्थापन गर्ने निर्णय पनि परिषद्ले गरेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved