धरान/ नगर प्रमुख हर्क साम्पाङको पहलमा श्रमदानबाट बनेको भन्दै प्रचार गरिएको धरान–१० नारायणपथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाबाट २३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको खुलासा भएको छ। उप–प्रमुख अइन्द्र विक्रम बेघाले आइतबार सो निर्माण स्थलको अनुगमन गर्दै नगरपालिकाले गरेको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्। वडाध्यक्ष विवेक राईका अनुसार ड्रेन निर्माणका लागि नारायणपथका बासिन्दाले घर–घरबाट ७ हजार रुपैयाँका दरले सहयोग गरेका थिए। उनले देश–विदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग रकम संकलन भएको बताए, तर ती रकमको हिसाब अझै सार्वजनिक गरिएको छैन। श्रमदानका रूप
वराहक्षेत्र/ धर्तिकै पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको प्रथम मानव पुजारी वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित औलिया बाबाको बिधिवत् पुजा , आर्धना गरि निशान यात्रामा गरिएको छ । वि. सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि हरिबोधनी मेलाको अवसरमा औलिया मठमा रहेको निशान झण्डा वराहक्षेत्र मन्दिर लगिने गरिन्छ । औलिया बाबाको प्रतीक स्वरुप निशान झण्डा आज सोमबार चतरा बजार परिक्रमा गरेर वराहक्षेत्र मन्दिर लगिएको हो । सोमवार बिहान वराहक्षेत्र मन्दिरमा झण्डालाई समेत परम्परागत रुपमा बिधिबत रुपमा पुजा गरिएको वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताए ।
धरान/ झापामा पहिलो पटक आयोजना हुन लागेको एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेड महिला टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली, ए–डिभिजन क्लबहरू र भारत सिक्किमको एक टिमसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिंग्ल
पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा छोराले बाबुमाथि चिर्पट प्रहार गरी हत्या गरेका छन्। स्थानीय ३१ वर्षीय सन्देश राईले आफ्नै ६९ वर्षीय पिता युवराज राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनीश कर्णले जानकारी दिए। उनका अनुसार आइतबार बिहान सन्देशले करेसाबारीमा बाबुमाथि प्रहार गरेको खुलेको छ। घटनापछि युवराजको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो। बाबु–छोरा दुबै जना मदिरा सेवनपछि विवादमा उत्रिएको र त्यही क्रममा सन्देशले चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देशलाई नियन्त्
झापा/ झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, शर्माको हत्या उनीहरूको योजनाबद्ध लुटपाटका क्रममा भएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, हत्यामा संलग्न एक भारतीय नागरिक पनि रहेको र हाल फरार रहेका कारण उनको खोजी कार्य जारी छ। अनुसन्धानका क्रममा खुलासा भएको विवरणअनुसार, काठमाडौंमा ब
धरान/ इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रुपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउनुहुन्छ ।अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गर्नुभएको थियो । हजुरबुबाबाट प्रेरित भएर उहाँका बुबाले सुपा
धरान/ वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति, हतुवागढी भोजपुरले उत्कृष्ट आन्तरिक बचत कारोवार गर्ने तीन सदस्यलाई विशेष सम्मान गरेको छ। शनिबार धरानस्थित क्षेत्रीय कार्यालयमा आयोजित संस्थाको १०औं साधारण सभाको अवसरमा समाजले नेत्रप्रसाद वालाहाङ राई (बराहक्षेत्र–१, झण्डाचोक), भानुभक्त वालाहाङ राई (इटहरी–१९) र देवीमाया राई (बराहक्षेत्र–१, लालवस्ति) लाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो। समाजका सचिव कृपालसिंह वालाहाङ राईका अनुसार आन्तरिक बचत तथा कारोवारमा उत्कृष्ट योगदान पुर्याउने सदस्यलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको ह
काठमाडौँ/ धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी ले औपचारिक मान्यता प्राप्त गरेको छ। साम्पाङले आईतवार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्दै पार्टीको आधिकारिक यात्राको सुरुवात गरेका हुन्। निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीलाई ‘माटो’ चुनाव चिन्ह तोकिएको छ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। गत असोज १२ गते साम्पाङ आफैं निर्वाचन आयोग पुगेका थिए र औ
सुनसरी/ ईनरुवामा प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। मोरङको लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार साँझ करिब ५ बजे ईनरुवा–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाको संयुक्त टोलीले को.३ प. ६६२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र ऐं.ऐं बस्ने २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। प्रहरीले च
विराटनगर/ नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प बनेपछि उद्योग संगठन मोरङले तत्काल विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ। संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध भएपछि औद्योगिक उत्पादन ठप्प हुनुका साथै निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको उल्लेख गरेको छ। “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन छ,” विज्ञप्तिमा भनिएको छ, “तर प्रत्येकपटक सरकार परिवर्तनसँगै विवाद बल्झँदा समग्र निजी क्षेत्रप्रति नकारात्मक धारणा बनाउने वातावरण सिर्जना हुँदै आएको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता