धरानमा तीन सदस्य सम्मानित : वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको उत्कृष्ट कारोवार सम्मान

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति, हतुवागढी भोजपुरले उत्कृष्ट आन्तरिक बचत कारोवार गर्ने तीन सदस्यलाई विशेष सम्मान गरेको छ।

शनिबार धरानस्थित क्षेत्रीय कार्यालयमा आयोजित संस्थाको १०औं साधारण सभाको अवसरमा समाजले नेत्रप्रसाद वालाहाङ राई (बराहक्षेत्र–१, झण्डाचोक), भानुभक्त वालाहाङ राई (इटहरी–१९) र देवीमाया राई (बराहक्षेत्र–१, लालवस्ति) लाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो।

समाजका सचिव कृपालसिंह वालाहाङ राईका अनुसार आन्तरिक बचत तथा कारोवारमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो।

“उत्कृष्ट कार्य गर्ने सदस्यलाई सम्मान गर्दै अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो,” सचिव राईले बताए।

समाजको केन्द्रीय कार्यालय भोजपुरमा भए पनि सबैलाई सहज होस् भनेर साधारण सभा धरानमा आयोजना गरिएको थियो।
कार्यक्रम शेरबहादुर वालाहाङ राईको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मानबहादुर खाम्लुङ रहेका थिए।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved