सुनको प्रलोभनमा अपहरण र हत्या : झापाका सरोज शर्माको हत्यामा दुई पक्राउ, एक भारतीय फरार

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापामा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, शर्माको हत्या उनीहरूको योजनाबद्ध लुटपाटका क्रममा भएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, हत्यामा संलग्न एक भारतीय नागरिक पनि रहेको र हाल फरार रहेका कारण उनको खोजी कार्य जारी छ।

अनुसन्धानका क्रममा खुलासा भएको विवरणअनुसार, काठमाडौंमा बसोबास गर्दै आएका सरोज शर्माले सुन सस्तोमा किन्न पाइने जानकारी दिँदै सुनिलसँग सम्पर्क गरेका थिए। त्यसै बहानामा सुनिल र राहुलले उनलाई पैसा लुट्ने योजना बनाएर अपहरण गरी हत्या गरेको पाइएको छ।

गत कात्तिक ९ गते, सुन ल्याएको देखाउने बहानामा उनीहरूले शर्मालाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा लगेका थिए। त्यहीँ हथौडाले टाउकोमा प्रहार गरी हत्या गरी शव झापा गाउँपालिका–५, हुलाकी मार्ग नजिकैको बिरिङ खोलाको पुलमुनी गाडिएको प्रहरीले जनाएको छ।

हत्या गरी उनीहरूले शर्माकै सवारी साधन (०१-०३ च ७१९४ ) प्रयोग गरेका थिए। उक्त गाडी कात्तिक १३ गते मेचीनगर–१३, निचाझोडा क्षेत्रमा जलिरहेको अवस्थामा भेटिएको थियो भने शव कात्तिक १५ गते राति १ बजे फेला परेको थियो।

प्रहरीका अनुसार, पक्राउ परेका सुनिल र राहुल मामा–भान्जा हुन्। उनीहरूले अपराध स्वीकार गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

शर्माको शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुनिललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले रानी क्षेत्रबाट, भने राहुललाई निजकै घरबाट पक्राउ गरिएको हो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved