वराहक्षेत्र मन्दिरमा हरिबोधिनि एकादशी मेला , औलिया बाबाको बिधिवत् पुजा , आर्धना गरि निशान यात्रा लगियो
- कार्तिक १७, २०८२
- कोशीपत्र/संवाददाता
वराहक्षेत्र/ धर्तिकै पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको प्रथम मानव पुजारी वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित औलिया बाबाको बिधिवत् पुजा , आर्धना गरि निशान यात्रामा गरिएको छ ।
वि. सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि हरिबोधनी मेलाको अवसरमा औलिया मठमा रहेको निशान झण्डा वराहक्षेत्र मन्दिर लगिने गरिन्छ । औलिया बाबाको प्रतीक स्वरुप निशान झण्डा आज सोमबार चतरा बजार परिक्रमा गरेर वराहक्षेत्र मन्दिर लगिएको हो ।
सोमवार बिहान वराहक्षेत्र मन्दिरमा झण्डालाई समेत परम्परागत रुपमा बिधिबत रुपमा पुजा गरिएको वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताए ।
वराहक्षेत्र मन्दिर र औलिया बाबाको विशेष पुजा आर्धनासंगै नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं १ का अध्यक्ष किसन थापामगर , नगरपालिकाका प्रशासन शाखा प्रमुख राजकुमार गौतम ,
प्राविधिक शाखा प्रमुख इन्जिनियर राजु भट्टराई , आईटि इन्जिनियर पुकार पोखरेल , औलिया बाबाका महन्त बिनायक पुरी, वराहक्षेत्र मन्दिरका मुल पुजारी किरण भण्डारी , वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठ लगाए स्थानिय संघ/ संस्थाका प्रतिनिधि , स्थानियबासिहरुले औलिया बाबा मठबाट बिधाई र बराहक्षेत्र मन्दिरमा निशान झण्डा स्वागत् गरेका थिए ।
प्रत्यक बर्ष वराहक्षेत्र धाममा हरिबोधिनी एकादशीको दिनदेखि पुर्णिमाको दिनसम्म ५ दिनसम मेला आयोजना हुने परम्परा गरेको छ ।