सुनसरी/ नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ। चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरी ले गरिरहेका छन् भने, फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन्। नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरी ले संयुक्त रूपमा निर्माण गर्दैछन्। अवको चलचित्र ऐतिहासिक चलचित्र बनाएन भने दर्शक स्रोताको मन जित्न नसिने भएको हुँदा थारुहरुको धेरै वर्षअगाडि, जब धरतीमा सूर्यको
विराटनगर/ कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ विराटनगरमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। प्राज्ञ विवस पोखरेलले लोकार्पण गरेका उक्त कृति कवि खतिवडाको जीवनदर्शन र संवेदनशील मनोभावनाको समिश्रण भएको बताइएको छ। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपानेलगायत साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। कृति लोकार्पणपछि बोल्दै कवि खतिवडाले भने, “ढुङ्गो
विराटनगर/ सुनसरीको धरान–६ बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत धरानसहित झापा र बर्जुमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो। धरान–६ मा रहेको प्रहरी चौकी पानबारीले सोही स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधि ट्रामाडोलका २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित पक्राउ गरेको जनाएको छ। यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त
झापा/धरानका एक ६५ वर्षीय पुरुषको झापाको गौरादहस्थित मानव उद्धार सेवा केन्द्रमा मृत्यु भएको छ। मिति २०८२ साल असोज २९ गते दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिकै वेवारिसे अवस्थामा फेला परेका सुनसरी, धरान घर भएका आनन्द राईलाई उद्धार गरी गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा राखिएको थियो। तर मिति २०८२ साल कार्तिक २६ गते साँझ करिब ४ बजेर ३० मिनेटको समयमा राई सुतेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार मृतकलाई मुटु, लिभर, जण्डिसका समस्या थिए र केही समयअघि हर्नियाको अपरेशन समेत गरिएको बुझिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक
झापा/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू पक्राउ परेकामध्ये एकको कोठाबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भएकी वर्ष २७ की इस्रप खातुन बिर्तामोड–२ रामचोकस्थित लाल ब. गिरीको घरमा डेरा गरी बस्दै आ
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई जोखिम बिश्लेषण पल्स , एमसिआई सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ । कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । बुधवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।तालिमको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारी , कोशी प्रदेश सहकारी
विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरी, इलाका प्रहर
सुनसरी/ धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो। मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन
झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब १० बजे शरणामतीका ४५ वर्षीय सुनिल सोरेन आफैंले चलाइरहेको मे १ त ३३१६ नम्बरको ट्याक्टर निकाल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन दिउँसो ३:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।