धरानबाट ब्राउन सुगर र ट्याब्लेटसहित दुई युवक पक्राउ

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर  २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद गरेको जनाएको छ।

दुबै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved