लागूऔषध कारोबारमा संलग्न दुई महिला सहित ९ जना पक्राउ

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् ।

कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने, इलाका प्रहरी कार्यालय रानीले विराटनगर–११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

सुनसरीतर्फ, अस्थायी प्रहरी चौकी बरगाछीले धरान–१९ का समिर विश्वकर्मा र अर्जुन विश्वकर्मालाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय धरानले धनकुटा सहिदभूमि गाउँपालिका निवासी सिद्वार्थ राईलाई मोटरसाइकल (प्र.१–०२–०५३ प ९९८२) सहित ११ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–६ का रोशन पोखरेललाई प्रतिबन्धित औषधि ६८ चक्की सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषध ओसार–पसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved