समाज

    Showing 531-540 of 6,962 items.
  • १० देखि १७ फाल्गुनसम्म ‘होलीको उमङ्ग, अल्टिमा सङ्ग’ विशेष अभियान

    काठमाडौं/नेपालको अग्रणी ध्वनि उपकरण तथा प्रविधि उत्पादन कम्पनी अल्टिमा लाइफस्टाइलले होली पर्वलाई लक्षित गर्दै १० फाल्गुनदेखि १७ फाल्गुनसम्म ‘होलीको उमङ्ग, अल्टिमा सङ्ग’ विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानअन्तर्गत वर्षकै सबैभन्दा ठूलो मूल्य कटौती, घुमाएर उपहार जित्ने अवसर तथा “रङ्गिन कार्ट” विशेष सुविधा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अभियानमार्फत प्रविधि, उत्सव र किफायती मूल्यलाई एउटै रंगीन किनमेल अनुभवमा समेट्ने प्रयास गरिएको हो। प्रिमियम ध्वनि उपकरण र हातमा लगाउने उत्पादनहरू वर्षकै उत्कृष्ट मूल्यमा उपलब्ध गराइनेछ। अभियानको मुख्य आ

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ठूलो मात्रामा लागूऔषध बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मिति २०८२ साल फागुन ११ गते दिउँसो करिब २/३० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १-०२-०५५ प ११३२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ बस्ने २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका–३ बस्ने २० वर्षीय नविन कडेलमध्ये नविन कडेलको साथबाट ट्रामाडोल ५९० क्याप्सुल र डिकोलिक ५९० ट्याब्लेट फेला परेको हो। प्रहरीले दुवै जनालाई लागू

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 3,129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश

    सुनसरी/ सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३सय युवा भगबती चौधरी लाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन । एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।एमाले सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो । उहाँले युवालाई देशमै स्वरोजगार बनाउनुपर्ने मा जोड

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मदिरा व्यवसायी संघको नयाँ नेतृत्व चयन

    धरान/धरान मदिरा व्यवसायी संघको १२औँ साधारणसभा तथा पदस्थापना कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सभाले प्रदीप कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि स्पष्ट कार्यदिशा तय गरेको छ। निर्वाचन आयुक्त सुनिल श्रेष्ठका अनुसार उपाध्यक्षमा नरेन्द्र खवास, सचिवमा जीवन साही, कोषाध्यक्षमा श्रवण गुप्ता र सह–सचिवमा सन्तोष कार्की चयन भएका छन्। सदस्यहरूमा सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदीप कुमार तामाङ, भीमबहादुर बोहोरा र तोर्णबहादुर कार्की रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १४औँ धरान १०के रन सम्पन्न : नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठ च्याम्पियन

    धरान/आज शनिबार धरान १०के रन भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक दौडमा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले प्रथम स्थान हासिल गर्दै उपाधि आफ्नो नाममा पारेका छन्। १० किलोमिटर दूरी रावतले ३१ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि जितिन्। विजेता दुबैलाई जनही नगद ६० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्मा ४१ मिनेट ४४ सेकेण्डसहित दोस्रो भइन्। उनीहरुलाई जनही ४० हजार रुपैयाँ नगद पुरस्का

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विभिन्न दल त्यागेर २५ युवा नेकपा प्रवेश

    धरान/ धरानमा सक्रिय विभिन्न राजनीतिक दल परित्याग गर्दै २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। युवाहरूको यो सामूहिक प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा आयोजित विशेष कार्यक्रमबीच नेकपाका केन्द्रीय सदस्य किरण राई ले नवप्रवेशीहरूलाई टीका–खादा लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्नेहरूमा मिना लिम्बु, अञ्जना राई, मनु राई, फुला लिम्बु, सरोज राई, बिष्णु लिम्बु, रोजा लोकान्द्री, सुपेन्द्र लिम्बु, सुमन लिम्बु, तेज लिम्बु, दीपेन लिम्बु, हेमन मगर, भूपु लिम्बु, सुसिला

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार हुने

    काठमाडौं/ हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फम्र्याट’ मा सञ्चालन गरिनेछ । आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा पाँच राउन्ड खेलाइनेछ । र, प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ । टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ । कुल १५

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन स्कुल को २१औँ वार्षिकोत्सव सम्पन्न

    धरान/ सुनसरीको धरान -१२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन स्कुल ले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक अभिभावक दिवस २०८२ विशेष समारोहका साथ सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल भास्कर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन-प्याब्सन  (NPABSON)  धरान का अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। दीप प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले कला, संस्कृति र प्रयोगात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पौडेलले ‘हिमालयन बोर्डिङ स्कुल’ बाट सुरु भएको यात्रा आज

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 1,105 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भूगोल र मन जोड्ने एजेण्डासहित मनोज भट्टराई चुनावी मैदानमा

    धरान/  यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. १ ९धरानसहित० बाटविभिन्न राजनीतिक दल र स्वतन्त्र गरि कुल २६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन् । तिनै उम्मेद्वारहरुको भीडमा अलग राजनीतिक परिचय बनाएका उम्मेद्वार मनोज भट्टराई ९सूर्य० लाई यसपटकको निर्वाचनमा बलिया दाबेदारका रूपमा हेरिएको छ। स्थानीय तहमा दुई पटक वडाध्यक्षको अनुभव, रैथाने पहिचान र स्पष्ट एजेण्डाका कारण उनी चुनावी प्रतिस्पर्धामा प्रभावशाली उम्मेदवार मानिएका छन्। यसै सन्दर्भमा कोशीपत्रले भट्टराईसँग उनको राजनीतिक दृष्टिकोण, विकासको अवधारणा र क्षेत्रका प्राथमिक मुद्दाबारे विस्तृत कुराकानी गरेक

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन २१ निर्वाचन दलहरूको परीक्षा हुने छ –योगेश भट्टराई

    धरान/आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन दलहरूका लागि वास्तविक शक्ति परीक्षण भएको नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले बताउनु भएको छ ।  विगतमा गठबन्धन र सहकार्यका आधारमा चुनाव लड्ने दलहरुले यसपटक आ–आफ्नै बलबुतामा मैदानमा उत्रिएकाले कुन दलसँग कति जनलहर छ भन्ने कुरा यही निर्वाचनले खुट्याउने बताउनु भयो । उपमहासचिव भट्टराई ताप्लेजुङको चुनावी सभामा सहभागी हुन जादैं गर्दा विहीबार धरानमा सुनसरी क्षेत्र नं. १ का एमाले उम्मेदवार टिकाराम लिम्बूसहितको छलफलमा यस्तो धारणा राख्नु भएको हो । ‘विगतका चुनावमा केही दलले अर्को दलसँग टाँसिएर आफ्नो अस्तित्व जोगाउँदै आएका थिए,

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved