धरान मदिरा व्यवसायी संघको नयाँ नेतृत्व चयन

  • फागुन १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान मदिरा व्यवसायी संघको १२औँ साधारणसभा तथा पदस्थापना कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सभाले प्रदीप कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि स्पष्ट कार्यदिशा तय गरेको छ।

निर्वाचन आयुक्त सुनिल श्रेष्ठका अनुसार उपाध्यक्षमा नरेन्द्र खवास, सचिवमा जीवन साही, कोषाध्यक्षमा श्रवण गुप्ता र सह–सचिवमा सन्तोष कार्की चयन भएका छन्। सदस्यहरूमा सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदीप कुमार तामाङ, भीमबहादुर बोहोरा र तोर्णबहादुर कार्की रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले अवैध मदिरा नियन्त्रण र उधारो प्रथा अन्त्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले स्पष्ट शब्दमा भने, “उधारो व्यापारले व्यवसायीलाई डुबाउँदैछ, अब क्यास प्रणालीमा जानुपर्छ। अवैध मदिराले कानुनी व्यवसायी मारमा परेका छन्, महासंघ देशैभर अभियान चलाउनेछ।”

सञ्जालमार्फत शैक्षिक सामग्री उपलब्ध गराइएको जानकारी दिँदै उनले व्यवसायीलाई सचेत र संगठित बन्न आग्रह गरे।

विशिष्ट अतिथि तथा नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष नवीन कुमार तामाङले संस्थागत एकता र जिम्मेवारीमा जोड दिए।

“पद भनेको अलंकार होइन, यो अग्निपरीक्षा हो। हामी प्रतिस्पर्धी होइनौं, एउटै छातामुनिका सहयात्री हौं,” उनले भने।

विशिष्ट अतिथि तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै संघ प्रत्यक्ष निर्णय गर्ने निकाय नभए पनि व्यवसायीको हकहितमा निरन्तर पहल गरिरहेको बताए।

उनले धरान लेउती सुरुङमार्ग निर्माणका लागि दबाबमूलक पहल भइरहेको जानकारी दिँदै अन्य शीर्षकमा नभई सभाहल निर्माणका लागि मात्र आर्थिक संकलन गरिएको स्पष्ट पारे।

संघका सचिव जीवन साहीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी समस्या समाधान अभियानअन्तर्गत १ लाख ८९ हजार रुपैयाँ बराबरको पाइप हस्तान्तरण गरिएको जानकारी दिए।

कोषाध्यक्ष सन्तोष कार्कीले २०८१ देखि २०८२ पुस मसान्तसम्मको आय–व्यय विवरण सार्वजनिक गर्दै ७ लाख ३० हजार ५ सय ८१ रुपैयाँ आम्दानी र सोही बराबर खर्च भएको बताए।

साधारणसभाको अवसरमा पत्रकार रणध्वज लोहारलाई नगद १० हजारसहित सम्मान गरिएको थियो भने व्यवसायी अरुण कुमार श्रेष्ठ र प्रेम कार्कीलाई पनि सम्मान गरियो। साथै सुनसरी उद्योग वाणिज्य संघलाई ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ कोशी अध्यक्ष सरोज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार श्रेष्ठले सम्पूर्ण व्यवसायीलाई समेट्दै व्यावसायिक सुरक्षा, अनुशासन र हकहितका पक्षमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

IMG-20260222-WA0002

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved