फागुन २१ निर्वाचन दलहरूको परीक्षा हुने छ –योगेश भट्टराई

  • फागुन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन दलहरूका लागि वास्तविक शक्ति परीक्षण भएको नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले बताउनु भएको छ । 

विगतमा गठबन्धन र सहकार्यका आधारमा चुनाव लड्ने दलहरुले यसपटक आ–आफ्नै बलबुतामा मैदानमा उत्रिएकाले कुन दलसँग कति जनलहर छ भन्ने कुरा यही निर्वाचनले खुट्याउने बताउनु भयो ।

उपमहासचिव भट्टराई ताप्लेजुङको चुनावी सभामा सहभागी हुन जादैं गर्दा विहीबार धरानमा सुनसरी क्षेत्र नं. १ का एमाले उम्मेदवार टिकाराम लिम्बूसहितको छलफलमा यस्तो धारणा राख्नु भएको हो ।

‘विगतका चुनावमा केही दलले अर्को दलसँग टाँसिएर आफ्नो अस्तित्व जोगाउँदै आएका थिए, तर यसपटकको प्रतिस्पर्धा प्रत्यक्ष र स्पष्ट हुने छ।’–नेता भट्टराईले भन्नु भयो–‘दलहरु परीक्षणमा छन् । नेकपा उमाले पनि परीक्षणमा छ । यो हुनु पर्छ ।’

भट्टराईले एमाले फागुन २१ पछि पहिलो शक्ति बन्ने दाबी गर्दै ठूलो संगठन, स्पष्ट नीति, सक्षम नेतृत्व र व्यापक जनलहर नै जितको आधार भएको बताउनु भयो ।

घरदैलो कार्यक्रमका क्रममा मतदाताले उठाएका स्थानीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका सवाललाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नु भएको छ । 

सुनसरी क्षेत्र नं. १ पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निर्वाचन क्षेत्र भएकाले उहाँको नौ महिनाको शासनकालमा भएका लोकप्रिय कामको उदाहरण प्रस्तुत गर्दै भट्टराईले ती कार्यको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नु भयो ।

उहाँले यस क्षेत्रबाट उम्मेदवार बनेका लिम्बूले त्यही परम्परा पछ्याउँदै विकास र सुशासनमा ध्यान दिनुपर्ने बताउनु भयो । 

सुनसरी–१ मा एकाध निर्वाचनबाहेक एमालेले पराजय व्यहोर्नु नपरेको इतिहास स्मरण गराउँदै उहाँले यसपटक युवा उम्मेदवार लिम्बूले विजय हासिल गरी संसदमा प्रवेश गर्ने र युवाका मुद्दा सशक्त रूपमा उठाउने विश्वास व्यक्त गर्नु भयो । 

क्षेत्रको समग्र विकास र जनताका न्यूनतम समस्या समाधानका लागि उम्मेदवार लिम्बूसँगै केन्द्रीय नेतृत्वले पनि पूर्ण साथ दिने प्रतिबद्धता भट्टराईले जनाउनु भएको छ ।

छलफलमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी–१ निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य सूर्य पन्ध्याक, निर्वाचन प्रचार प्रसार संयोजक भीमज्वाला राईलगायतको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved