१४औँ धरान १०के रन सम्पन्न : नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठ च्याम्पियन

  • फागुन ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/आज शनिबार धरान १०के रन भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक दौडमा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले प्रथम स्थान हासिल गर्दै उपाधि आफ्नो नाममा पारेका छन्।

१० किलोमिटर दूरी रावतले ३१ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि जितिन्। विजेता दुबैलाई जनही नगद ६० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्मा ४१ मिनेट ४४ सेकेण्डसहित दोस्रो भइन्। उनीहरुलाई जनही ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो।

त्यसैगरी, पुरुषतर्फ अमिर लिम्बुले ३२ मिनेट ५० सेकेण्ड र महिलातर्फ प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरुलाई जनही ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिएको धरान रन का संस्थापक सन्तोष राईले जानकारी दिए।

आज बिहान ७:३० बजे पुतली लाइन बाट सुरु भएको दौड देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चौक, कल्याण चौक, मंगलबारे, रत्न चौक, दुर्गा चोक हुँदै पुनः पुतली लाइन र भानुचौकमा पुगेर समापन भएको थियो।

प्रतियोगितामा ४ हजारभन्दा बढी धावक–धाविकाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य र एकताको सन्देश फैलाउँदै धरान १०के रनले शहरमा उत्सवको माहोल सिर्जना गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved