धरानमा विभिन्न दल त्यागेर २५ युवा नेकपा प्रवेश

  • फागुन ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा सक्रिय विभिन्न राजनीतिक दल परित्याग गर्दै २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। युवाहरूको यो सामूहिक प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा आयोजित विशेष कार्यक्रमबीच नेकपाका केन्द्रीय सदस्य किरण राई ले नवप्रवेशीहरूलाई टीका–खादा लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरूमा मिना लिम्बु, अञ्जना राई, मनु राई, फुला लिम्बु, सरोज राई, बिष्णु लिम्बु, रोजा लोकान्द्री, सुपेन्द्र लिम्बु, सुमन लिम्बु, तेज लिम्बु, दीपेन लिम्बु, हेमन मगर, भूपु लिम्बु, सुसिला नागार्की, पुष्प लिम्बु, सागर मगर, रोशन लिम्बु, अभिषेक झापा, सुमन राजधामी, प्रवेश राई, राजा लिम्बु, सरग लिम्बु, नन्दु राई, सुमन राई र उदय राई रहेका छन्।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले युवाहरू परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै समाजवाद उन्मुख राजनीतिक धारलाई बलियो बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। “देशमा वास्तविक परिवर्तन चाहिन्छ भने युवाले अग्रपंक्तिमा उभिनैपर्छ,” उनले जोड दिए।

उनले वर्तमान राजनीतिक अवस्थाबाट निराश बनेका युवाहरू वैकल्पिक राजनीतिक धारतर्फ आकर्षित हुनु सकारात्मक संकेत भएको टिप्पणी गर्दै भ्रष्टाचारविरोधी अडान, सुशासन र सामाजिक न्यायप्रतिको प्रतिबद्धताले युवालाई नेकपातर्फ तानेको दाबी गरे।

आयोजक समितिका अनुसार नवप्रवेशीहरू विभिन्न दल र सामाजिक पृष्ठभूमिबाट आएका हुन्। कार्यक्रममा नेकपाका स्थानीय नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved