धरान मेघा हिमालयन स्कुल को २१औँ वार्षिकोत्सव सम्पन्न ‘सर्टिफिकेट होइन, व्यवहारमा शिक्षा’

  • फागुन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान -१२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन स्कुल ले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक अभिभावक दिवस २०८२ विशेष समारोहका साथ सम्पन्न गरेको छ।

विद्यालयका प्रिन्सिपल भास्कर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन-प्याब्सन  (NPABSON)  धरान का अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

दीप प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले कला, संस्कृति र प्रयोगात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पौडेलले ‘हिमालयन बोर्डिङ स्कुल’ बाट सुरु भएको यात्रा आज ‘धरान मेघा हिमालयन स्कुल’को रूपमा स्थापित हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो। “२१ वर्षको उतारचढावपूर्ण यात्रामा हामीले शैक्षिकसँगै भौतिक पूर्वाधारमा पनि उल्लेखनीय प्रगति गरेका छौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार विद्यालयका पूर्वविद्यार्थीहरू चिकित्सा, इन्जिनियरिङ, नर्सिङ र सिए(CA) जस्ता प्रतिष्ठित क्षेत्रमा स्थापित भइसकेका छन्। खेलकुदतर्फ बास्केटबल, भलिबल र टेबल टेनिसमा राष्ट्रिय स्तरको पदक जितेको स्मरण गराउँदै स्काउट तथा विभिन्न क्लवमार्फत नेतृत्व विकासमा जोड दिइएको बताउनुभयो।

अभिभावकका गुनासालाई सम्बोधन गर्दै आगामी सत्रदेखि खानेपानी र बसको समयतालिकामा सुधार गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

प्रमुख अतिथि भगत लिम्बुले अभिभावकहरूलाई सन्तानको हुर्काइ र शिक्षाबारे महत्वपूर्ण सन्देश दिनुभयो। “बच्चाले लुगा फोहोर गर्छ, जुत्ता फाट्छ वा उफ्रिन्छ भने खुसी हुनुस्, ऊ सक्रिय छ र सिक्दैछ,” उहाँले भन्नुभयो, “यदि बच्चा सधैँ चुपचाप बस्यो भने भविष्यमा सामाजिक अन्तरक्रियामा कमजोर हुन सक्छ।”

विदेश पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले १२ कक्षापछि अस्ट्रेलिया–अमेरिका पठाउनु नै सफलता नभएको धारणा राख्नुभयो। विद्यालयले विदेश लम्किने होइन, देश विकास गर्ने योग्य नागरिक तयार गर्नुपर्ने उहाँको भनाइ थियो।

सामाजिक सञ्जाल र  ChatGP जस्ता प्रविधिको बढ्दो प्रयोगले शारीरिक तन्दुरुस्ती घट्दै गएकोतर्फ सचेत गराउँदै उहाँले प्रविधिको सदुपयोग गर्न र पुस्तकको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा प्रध्यापक राजेश विद्रोहीले शिक्षा पाठ्यक्रममा मात्र सीमित हुन नहुने धारणा राख्दै विद्यार्थीको मानसिक र संवेगात्मक विकासका लागि अतिरिक्त क्रियाकलाप अपरिहार्य भएको बताउनुभयो। विद्यालयमा राखिएका प्रयोगात्मक स्टलहरूको प्रशंसा गर्दै सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अभिभावकलाई सचेत रहन सुझाव दिनुभयो।

मास्टर फरहान अन्सारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मारुनी नृत्य, नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूको गीत–नृत्य, कराँते प्रदर्शन र नाटक प्रस्तुत गरिएको थियो।

कक्षा १ को ‘हेर्न साथी आकाशमा’, कक्षा २ को ‘बाबा आमा अब म स्कुल जान्छु’ र कक्षा ७ को ‘चट्ट रुमाल क्या मालुम’ विशेष आकर्षण बने। साना बाबुनानीहरूको र्‍याम्प वाक र झोरा नृत्यले दर्शकको मन जित्यो।

शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई  पुरस्कार वितरण गरिएको थियो। अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो। विद्यालयले गुणस्तरीय, संस्कारयुक्त र व्यवहारमुखी शिक्षाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

3 2

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved