समाज

    Showing 361-370 of 5,350 items.
  • धरानमा दीर्घरोगी लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ। धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो। शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो। परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित र

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा–स्वास्थ्य ठप्प, विद्यार्थी–बिरामी मारमा

    काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिँदा मुलुकको शिक्षा र स्वास्थ्य सेवा ठप्पजस्तै भएको छ। सरकारले आन्दोलनलाई वेवास्ता गर्दै दमन र हस्तक्षेप बढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने बिरामीहरू उपचारको अभावमा मारमा परेका छन्। आइतबार काठमाडौंमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने पत्रकार सबिना कार्कीको समेत दुबै आँखामा चोट लागेको छ। आन्दोलनमा शान्तिपूर्ण तरिकाले उत्रिएका शिक्षकहरूमाथि सरकारको दमन चर्किएको भन्दै महासंघले आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएको छ। महा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

    धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 311 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुबईमा नेपाल फेस्टिबल भव्य

    दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्रीक पार्कमा नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको थियो । नेपाली संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रममा करिब ४० हजारभन्दा बढी नेपाली तथा विदेशी दर्शकहरूको सहभागिता रहेको थियो। फेस्टिभल नेपाली राजदूतावास अबूधावीको संरक्षकत्वमा, नेपाल एसोसिएसन, एनआरएनए एनसीसी यूएईको संयोजनमा तथा नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्थाहरू

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाँदबारीमा घरमै सुतिरहेका वृद्धको हत्या, दुई जना फरार

     तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेकै बेला ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार कुमालको घाँटी थिचेर गम्भीर घाइते बनाइएको थियो। तत्कालै उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको समयमा कुमालले चिच्याउँदा घरभित्र सुतिरहेकी उनकी पत्नी सुनम

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बस दुर्घटनामा ३ को मृत्यु, २३ घाइते

    उदयपुर/उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबस आइतबार मध्यान्ह दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० स्थित बदगामा बस अनियन्त्रित भई पल्टिएको हो। इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बस आफैं अनियन्त्रित भएर पल्टिएको जानकारी दिए। दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको हो। गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुगीसकेपछि चिकित्सकले मृत घोष

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक आन्दोलन तनावग्रस्त, दर्जनभन्दा बढी घाइते, झडपपछि आकस्मिक बैठक

    काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्णरुपमा सञ्चालन हुँदै आएको शिक्षक आन्दोलन आइतबार तनावग्रस्त बन्दै हिंस्रक मोडमा पुगेको छ। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा गत वर्षको चैत २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन आइतबार २५ औँ दिनमा प्रवेश गरेको छ। यसअघि शान्तिपूर्ण रुपमा अघि बढेको आन्दोलन आइतबार निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै तनावग्रस्त बनेको हो। प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठ

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न घिमिरेको चुनौती

    काठमाडौं/ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको आरोप प्रमाणित गर्न वा माफी माग्न चुनौती दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घिमिरेले लिङ्देनले कांग्रेसलाई बदनाम गर्ने मनसायले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरे। ‘वैशाख १२ गतेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भएको र सो घटनामा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण आफूसँग रहेको भन्दै अभिव्यक्ति दिनुभयो,’ घि

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 182 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्डमा हुने

    धरान ।नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी एडम्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।१० फेब्रुअरी २०१५ मा एक औपचारिक कार्यक्रम गरि ल्भउब िक्अयतबिलम ब्ककयअष्बतष्यल (ल्क्ब्) का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव÷ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको थियो ।स्कटल्याण्ड तर्फको आयोजक

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 240 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

    धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो। सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो। गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँ

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 1,408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved