वराहक्षेत्र नगरपालिकाबाटै भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह हुने

  • वैशाख २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाबाट अब भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह हुने भएको छ ।

संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालनका लागि आशयपत्र पेश गरेका २ सय १४ स्थानीय तहमध्ये पहिलो चरणमा छनोट भएका ३५ स्थानीय तहमा वराहक्षेत्र नगरपालिका पनि परेको हो ।

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८३ वैशाख २३ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागसँग समन्वय गरी स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पहिलो चरणमा सेवा सञ्चालन गरिने स्थानीय तहमध्ये वराहक्षेत्र नगरपालिका पनि समावेश भएको हो ।

नगर प्रमुख रमेश कार्की ले स्थानीय सरकारबाट पटक(पटक उठाइएको माग तथा निरन्तर पहलका कारण उक्त सेवा सञ्चालन प्रक्रिया अघि बढेको बताए ।

नगरपालिकाले वराहक्षेत्रको भौगोलिक अवस्था र स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै भूमि प्रशासन सम्बन्धी कार्य स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने मागसहित सिफारिस पठाएको थियो ।

नगरपालिकाका सूचना अधिकारी गौरी राय का अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मन्त्रीस्तरीय बैठकबाट नगरपालिका मार्फत उक्त सेवा सुरु गर्ने निर्णय भएको जानकारी प्राप्त भएको हो ।

भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालनका लागि नगरपालिकाले मन्त्रालयसँग निरन्तर पत्राचार गर्नुका साथै नगर प्रमुख कार्कीले मन्त्री तथा सचिवहरूसँग छलफल र अनुरोध गर्दै आएका थिए ।


अब वराहक्षेत्र नगरपालिकाबाटै भूमि प्रशासन सम्बन्धी सेवा सुरु भएपछि स्थानीयवासी तथा सेवाग्राहीहरूले सेवा लिनका लागि धरान र इनरुवा धाउनुपर्ने बाध्यता अन्त्य हुने छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved