धरान/ जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि धरानस्थित Chubasa Global Education Foundation ले आकर्षक छात्रवृत्ति तथा निःशुल्क सीपमूलक तालिम कार्यक्रम घोषणा गरेको छ ।
नेपालमा कक्षा १२ को परीक्षा सकिन लागेसँगै वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूको रोजाइमा जापान अग्रस्थानमा पर्न थालेको छ ।
यही सन्दर्भमा धरानस्थित Chubasa Global Education Foundation ले पत्रकार सम्मेलन गर्दै जापान अध्ययनका लागि नयाँ अवसर, छात्रवृत्ति तथा विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ ।
संस्थाका एकेडेमिक एडभाइजर दुर्गा सुवेदी ले पछिल्लो समय अष्ट्रेलिया, अमेरिका र क्यानडामा भिसा सफलता दर घट्दै गएको तथा बेलायतमा अध्ययन खर्च अत्यधिक महँगो बन्दै गएकाले जापान नेपाली विद्यार्थीका लागि भरपर्दो र सहज गन्तव्य बनेको बताए ।
उनका अनुसार मध्यमवर्गीय परिवारका विद्यार्थीले कम लागतमा गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र अध्ययनसँगै रोजगारीको अवसर पाउन सक्ने भएकाले जापानप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ ।
संस्थाबाट यही वर्ष मात्रै १३ जना विद्यार्थीले जापान अध्ययनका लागि भिसा प्राप्त गरिसकेको जानकारी पनि उनले दिए ।
“हामी विगत झन्डै एक दशकदेखि विद्यार्थीहरूको जापान अध्ययन गर्ने सपना पूरा गर्दै आएका छौँ,” सुवेदीले भने, “सही कागजपत्र तयारीदेखि कलेज छनोट र भिसा प्रक्रियासम्म विद्यार्थी र अभिभावकलाई सहज हुने गरी सम्पूर्ण परामर्श तथा सहयोग प्रदान गर्दै आएका छौँ ।”
संस्थाका म्यानेजर ईसाक खड्का का अनुसार Chubasa Global Education Foundation नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो ।
संस्थाको सेवा काठमाडौं, इटहरी, धरान, धनकुटा, रुपन्देही र बाग्लुङसम्म विस्तार गरिएको छ, जसले विद्यार्थीलाई आफ्नै पायक पर्ने स्थानबाट सहज सेवा लिन सक्ने वातावरण बनाएको छ ।
संस्थाले जापानमा अध्ययन तथा कामको अनुभव भएका शिक्षक र परामर्शदातामार्फत व्यवहारिक र वास्तविक परामर्श दिँदै आएको जनाएको छ ।
नेपालमा भाषा अध्ययन सुरु गरेदेखि जापान पुगेपछिसम्म पनि विद्यार्थीलाई निरन्तर सहयोग गरिने संस्थाको दाबी छ ।
नेपाल सरकारले कक्षा ११ र १२ को पाठ्यक्रममा जापानी भाषा समावेश गरेपछि विद्यार्थीहरूको आकर्षण जापानतर्फ अझ बढेको म्यानेजर खड्काले बताए ।
“जापानमा अध्ययनसँगै सीपमूलक तालिमले विद्यार्थीको भविष्यलाई थप सुनिश्चित बनाउँछ,” उनले भने ।
संस्थाले आफ्नो चौथो वार्षिकोत्सव मनाउँदै पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रमसमेत घोषणा गरेको छ । पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशत र त्यसपछिका २० जनालाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।
साथै जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई बरिस्टा, सुसी बनाउने तथा मिक्सोलोजी जस्ता सीपमूलक तालिम निःशुल्क उपलब्ध गराइनेछ ।
त्यसैगरी पत्रकारहरूको सिफारिसमा एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा पनि संस्थाले गरेको छ ।
कार्यक्रममा जापानी भाषाका शिक्षक सुवास लिम्बु तथा डकुमेन्टेसन स्टाफ रोजीना कार्की ले जापान अध्ययनको अवसर, भाषा शिक्षाको महत्व र विद्यार्थीलाई उपलब्ध गराइने सेवाबारे जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी मार्केटिङ हेड निकिता पराजुली ले गरेकी थिइन् ।
पत्रकार सम्मेलनमार्फत Chubasa Global Education Foundation ले आगामी दिनमा अझ गुणस्तरीय सेवा, सही परामर्श र विद्यार्थीमैत्री वातावरणमार्फत नेपाली विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।