उजाड डाँडामा हरियाली : बसाइँसराइले सुनसान बनेको बन्दुकेडाँडा अहिले कृषि सिकाइको केन्द्र

  • वैशाख २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt - हिराराज राई

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका–३ स्थित कुरुले तेनुपाको बन्दुकेडाँडा कुनै समय बसाइँसराइका कारण सुनसान र उजाड बनेको थियो।

“यहाँ केही सम्भव छैन” भन्ने सोचले छाडिएको यही डाँडा अहिले भने हराभरा बगैँचा र कृषि सिकाइ थलोको रूपमा चिनिन थालेको छ।

तीन दशकसम्म ओझेलमा परेको बन्दुकेडाँडालाई स्थानीयवासी लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी र दीर्घमान तामाङको समूहले नयाँ जीवन दिएका हुन्।

उनीहरूले २०७३ सालमा “तमोर पर्माकल्चर सिकाई थलो” स्थापना गरेपछि यहाँ कृषि क्रान्तिको सुरुवात भएको हो।

अहिले यो क्षेत्र बसाइँ सरेर गएकाहरूलाई समेत पुनः गाउँ फर्किने आशा जगाउने केन्द्र बनेको छ।

कुनै समय बाँझो बनेको डाँडामा अहिले स्याउ, आरुबखडा, आरू, एभोकाडोलगायत ३५ भन्दा बढी प्रजातिका फलफूल फस्टाउन थालेका छन्।

सुरुवातमा ९६ रोपनी क्षेत्रफलमा २५० बोट रोपेर सुरु गरिएको बगैँचा अहिले १०३ रोपनीमा फैलिएको छ भने बोटको संख्या ५०० नाघिसकेको छ। तीमध्ये ३५० भन्दा बढी स्याउका बोट रहेका छन्।

संस्थाका कोषाध्यक्ष दीर्घमान तामाङका अनुसार गत वर्ष मात्रै फलफूल बिक्रीबाट ३ लाख रुपैयाँ र नर्सरी व्यवसायबाट ९ लाख रुपैयाँ आम्दानी भएको छ। यसले कृषिलाई व्यवसायिक बनाउने सम्भावना थप उजागर गरेको छ।

संस्थाका अध्यक्ष लोकेन्द्र कुमार याखा भन्छन्, “पानीको समाधान बिना कृषिको विकास र बसाइँसराइ रोक्न सम्भव थिएन।” यही सोचका साथ यहाँ बर्खे पानी सङ्कलन गर्ने अभियान सुरु गरिएको हो।

अहिले सिकाई थलोमा ३४ लाख लिटर क्षमताका पोखरी निर्माण गरिएका छन्, जहाँ वर्षायाममा सङ्कलित पानी वर्षभर सिँचाइका लागि प्रयोग गरिन्छ।

त्यति मात्रै होइन, स्थानीय जरुवा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी तानेर १ लाख लिटर क्षमताको ट्याङ्कीबाट वितरण गर्ने व्यवस्था समेत गरिएको छ।

स्थानीयका अनुसार २०४५ सालको भूकम्पपछि यहाँका धेरै पानीका मुहान सुकेपछि गाउँमा खानेपानी र सिँचाइको समस्या चर्किएको थियो।

त्यसपछि बसाइँसराइ तीव्र बनेको थियो। तर अहिले आकासे पानी सङ्कलनको अभ्यासले त्यो संकटलाई अवसरमा बदलेको छ।

अमेरिकी नागरिक राजीव गोयलको सुझावमा निर्माण गरिएका पाँच वटा ठूला पोखरी अहिले बन्दुकेडाँडाको कृषि अभियानको आधार बनेका छन्।

ती पोखरीमा बर्खामा सङ्कलन हुने ३४ लाख लिटर पानीले यहाँको खेतीपातीलाई वर्षभरि जीवन दिएको छ।

तमोर पर्माकल्चर सिकाई थलोको सफलताबाट प्रेरित हुँदै अहिले स्थानीयवासीले आफ्नै घर तथा खेतबारीमा समेत आकासे पानी सङ्कलन सुरु गरेका छन्।

यसले बन्दुकेडाँडालाई मात्र होइन, समग्र कुरुले तेनुपा क्षेत्रलाई कृषि आत्मनिर्भरताको दिशामा अघि बढाइरहेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved