हर्क साम्पाङ र उपसभामुख बीच खटपट

  • वैशाख २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र वरीयता मिचेर गरिएको प्रधानन्यायाधीश नियुक्तिप्रति कडा आपत्ति जनाउँदै आफ्नो पार्टीकी उपसभामुख रुबीकुमारी ठाकुरसँग रुष्टता प्रकट गरेका छन्।

शुक्रवार जारी गरिएको विज्ञप्तिमा अध्यक्ष साम्पाङले संसद् छलेर राष्ट्रप्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिनु गम्भीर गल्ती भएको उल्लेख गरेका छन्। उनले यस्तो कदमलाई लोकतान्त्रिक प्रक्रिया र विधिको शासनविरुद्धको कार्यका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा वरीयता मिचेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनालाई अर्को ठूलो गल्तीको रूपमा उल्लेख गरिएको छ। साम्पाङले यस्तो निर्णयले न्यायिक प्रणालीको मर्यादा र निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गरेका छन्।

उनले सत्तामा पुगेको दलले सुशासन र विधिको शासनको आश्वासन दिए पनि व्यवहारमा विधि उल्लङ्घन भएको आरोप लगाएका छन्। उनका अनुसार यस प्रकारका निर्णयहरूमा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको हुन सक्ने आशङ्का बढेको छ।

साम्पाङले सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी मुद्दामा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने प्रशस्त आशङ्का रहेको समेत उल्लेख गरेका छन्। साथै, संवैधानिक परिषद्को बैठकका क्रममा एमसीसी र एसपीपी जस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि उनले गरेका छन्।

विज्ञप्तिमा आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुबीकुमारी ठाकुरले वरीयता क्रम उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेको विषयप्रति समेत गम्भीर असन्तुष्टि जनाइएको छ। साम्पाङले यस्तो कदमलाई खेदजनक भन्दै पार्टीको मूल मान्यता र सिद्धान्तविपरीत भएको टिप्पणी गरेका छन्।

उनले विधि र प्रक्रियालाई कमजोर बनाएर अघि बढाइने कुनै पनि राजनीतिक अभ्यासको श्रम संस्कृति पार्टीले सदासर्वदा विरोध गर्ने स्पष्ट पारेका छन्। साथै, राज्यका निकायहरूमा पारदर्शिता, विधिको पालना र निष्पक्षता अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved