वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै फाइनल समिकरण पूरा भएको छ। उपाधिका लागि अब वडा नं. २ र वडा नं.९ का बीच प्रतिस्पर्धा हुने भएको छ।देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दोस्रो संस्करणको विजेता वडा नं. १ लाई वडा नं. ९ ले शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। यसअघि वडा नं. २ ले वडा नं. ५ लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो। अब उपाधिका लागि गत संस्कर
धरान/ पछिल्लो समय कोशी प्रदेशकै शैक्षिक क्षेत्रमा द्रुत रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको धरान मेघा हिमालयन कलेज अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा व्यस्त छ। नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि अध्ययनको अवसर, दक्ष शिक्षक टोली, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता र करियर–केन्द्रित शिक्षण प्रणालीका कारण कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ। यिनै विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल भास्कर पौडेलसँग कोशीपत्रले गरिएको विस्तृत कुराकानीको सम्पादित अंश प्रस्तुत छः भर्ना अभियानको अवस्था अहिले कस्तो छ ? अहिले हाम्रो नर्सरीदेखि कक्षा ९ सम्मको भर्ना प्
धरान/ धरानस्थित श्रम संस्कृति पार्कमा हरेक दिन मधुर सारङ्गीको धुन गुञ्जिन्छ। त्यही धुनसँगै आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै अघि बढिरहेका छन्—सुवास गन्धर्व र सुजन गन्धर्व। सुवासले विगत २५ वर्षदेखि सारङ्गी रेट्दै गीत गाउँदै आएका छन् भने सुजनले पनि आठ वर्षदेखि यही यात्रामा साथ दिइरहेका छन्। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू पार्कमा एकजनाले मादल बजाउने र अर्काले सारङ्गीको धुनमा गीत गाउने दैनिकीमा व्यस्त हुन्छन्। उनीहरूको प्रस्तुति केवल मनोरञ्जनमा सीमित छैन, यही नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। पार्क घुम्न आउने सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको सहयोगबाट उनीहरूको ग
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत वडा नं. २ फाइनलमा प्रवेश गरेको छ। देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक उप विजेता वडा नं. ५ लाई टाइब्रेकरमा ६ - ५ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं. २ ले उपाधि नजिक पुगेको हो। खेलको निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमले गोल रहित वरावरी खेले पछि खेलको नतिजा टाइब्रेकरवाट लिईएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए
धरान/ चिकित्सकलाई भगवानको रूप किन भनिन्छ भन्ने उदाहरण फेरि एकपटक धरानमा देखिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको दुर्लभ र जटिल शल्यक्रियाले एक बिरामीलाई नयाँ जीवन दिएको छ। वरिष्ठ सर्जन डा. रिकेशजंग कार्की को नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी–५ का मनोज श्रेष्ठको पेटभित्र रहेको १८ किलोग्रामको विशाल ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो। अत्यन्त जोखिमपूर्ण मानिएको उक्त शल्यक्रिया लामो समयसम्म सञ्चालन गरिएको थियो। चिकित्सकहरूका अनुसार ट्युमरले पेटभित्रका महत्वपूर्ण अंगहरूमा गम्भीर दबाब सिर्जना गरेको थियो, जसका कारण शल्यक्रिया निकै चुनौतीपूर्ण बनेको थ
धरान/ नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नन्दा राई चयन भएकी छिन्। त्यसैगरी उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छ। कोषाध्यक्षमा सुरेश राई चयन हुनुभएको छ भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ र तृष्णा राई चयन भएका छन्। अधिवेशन अन्तर्गत सम्पन्न कार्यक्रमको
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत आईतबार सम्पन्न खेलमा वडा नं. २ विजयी भएको छ। देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो। लिग चरणका दुई वटै खेलमा लगातार जित दर्ता संगै गत संस्करणको बिजेता वडा नं.२ ले ६ अंक जोड्दै समूह बिजेता हुँदै प्रतियोगिताको उत्कृष्ट ४ मा स्थान सुरक्षित गरेको छ । १ खेलमा जित र १ खेलमा पराजित बनेको वडा नं ९ पनि प्रतियोगितामा ३ अंक जोड्दै समूह उपबिजेताको रुपमा उत्क
धरान/ धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ। २०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्। पुल अभावमा दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध
धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ। फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ। सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत
काठमाडौँ/ १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ। ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए। यसैबिच दि