डिपो बास्केटबलको फाइनलमा प्रभात र पाराडाइज भिड्ने

  • साउन १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ।

रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो।

चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ३९–२८ ले हराउँदै उपाधि नजिक पुगेको हो। पाराडाइजका प्रिन्स खत्री उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि प्रभात र पाराडाइजबीच मंगलबार निर्णायक फाइनल खेल हुनेछ।

चौथो संस्करणको उपविजेता पाराडाइज यसपटक उपाधि जित्ने लक्ष्यमा छ भने प्रभात पहिलो पटक च्याम्पियन बन्ने अभियानमा मैदान उत्रिनेछ।

कक्षा १० सम्मका विद्यार्थी लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालय सहभागी छन्। विजेता टोलीले २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो।

विद्यालयको नेतृत्व गरिरहेकै बेला २०७८ साल साउन १५ गते कोरोना संक्रमणका कारण उनको निधन भएको थियो।

कन्काईमा पिकअपको ठक् ...

झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित ...

खुकुरी प्रहारपछि फरा ...

धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भए ...

धरानमा ताला फोडी सुन ...

धरान/ सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित ए ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved