धरान/ सुनसरीभरीका व्यापार व्यवसायीहरुको साझा संस्था सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन आज( सोमबार) हुने निर्वाचनमा अध्यक्ष पदको लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ चुनावी मैदानमा भिड्दैछन् । निर्वाचनद्धारा नयाँ नेतृत्व चयन हुने छ भने अध्यक्ष पदको लागि गोपाल र शिवराजबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।दुवै उम्मेद्धवारले चुनाव जित्ने दावीका साथ मैदानमा रहेका छन् । अध्यक्ष पदका उम्मेद्धवार गोपाल श्रेष्ठले चुनाव जित्ने कुरामा आफु ढुक्क रहेको बताएका छन् । अर्का अध्यक्षका प्रत्यासी उम्मेद्धवार शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य सङ्घका सिण्डिकेट यसपाली तोडिने र त्यसैका लागि आफु साझा उम्मेद
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्र सूचीबाट हटाएपछि धरानका प्रमुख राजनीतिक दलहरू आन्दोलित भएका छन्। उक्त निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेताहरूको संयुक्त टोलीले इलाका प्रशासन प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रमुख रेग्मीले पत्र ग्रहण गर्दै तत्कालै गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन्। ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी अध्यक
धरान/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बीमा बोर्डले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल सरकार, स्वास्थ्य वोर्डले यही आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि रिफरल सेन्टरको रुपमा कायम गरेपछि वीमाबाट सेवा लिने सेवाग्राही मारमा परेको भन्दै धरानका राजनीतिक दल, नागरिक समाजहरुले विगतकै जस्तो प्रथम सेवा केन्द्रको रुपमा मान्यता दिन माग गर्दै विरोध र्यालीको आयोजना गरेका छन् ।वीमा बोर्डले संविधानमै उल्लेख भएको स्वास्थ्य सेवा पाउने मौलिक हकको अधिकारलाई खोसेर प्रथम सेवा केन्द्रको रुपमा प्रतिष्ठानजस्तो दक्षिण एसियाकै ठूलो अस्पतालाई मान्यता नदिई नेपाल सरका
धरान/ व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ बर्ष अगाडि व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको तथा २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ । अध्यक्षका दुई उमेद्वार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले एक पछि अर्को पत्रकार सम्मेलन गर्दै एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै जित आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । केही समय अगाडि अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठलाई गुटको संज्ञ
धरान/सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठ नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी र योजनाहरू सार्वजनिक गरेको छ। श्रेष्ठ समूहले आफूलाई कुनै राजनीतिक दलको हैन, व्यवसायी र व्यापारीहरूको साझा प्रतिनिधिमूलक टिमको रूपमा प्रस्तुत गर्दै सबै पक्षको विश्वास जित्ने प्रयास गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठसहित उद्योग, वाणिज्य, एशोसिएट, वस्तुगत तथा महिला प्रतिनिधिहरूको पूर्ण टिमको औपचारिक घोषणा गरिएको थियो। अध्यक्षमा गोपाल श्रेष्ठ उम्मेदवार रहेका छन् भने उ
धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह
धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्। अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्
इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन । इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको हो । गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो । बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्
धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शनिबार झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आउँदै छन्। दुई दिने पूर्वी दौडानमा उनले अस्पताल उद्घाटनदेखि खानेपानी आयोजना र सडक शिलान्याससम्मका कार्यहरूमा सहभागिता जनाउने कार्यक्रम छ। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आइतबार र सोमबार (असार २९ र ३०) इलाम र झापाका विभिन्न स्थानमा पुग्ने छन्। आइतबार बिहान बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पतालको उद्घाटनपछि उनी इलामको माई नगरपालिकातर्फ जानेछन्। माई नगरपालिकामा ओलीले नगर अस्पताल उद्घाटन गर्नुका साथै जग्गा धनीपूर्जा वितरण तथा ख
धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।अध्यक्षको लागि दुई वटा प्यानल मध्ये मंगलबार शिवराज श्रेष्ठको प्यानलले चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ । धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल