सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन मतदाता आफ्नो पक्षमा तान्ने होडबाजी

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ बर्ष अगाडि व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको तथा २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ ।

अध्यक्षका दुई उमेद्वार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले एक पछि अर्को पत्रकार सम्मेलन गर्दै एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै जित आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् ।

केही समय अगाडि अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठलाई गुटको संज्ञासँगै व्यापारी तथा व्यवसायीहरुको हितको लागि भन्दा पनि शक्ति केन्द्रहरुसँग चाप्लुसी गर्ने प्रवृत्ति रहेको पत्रकार सम्मेलन मार्फत बताइरहँदा यता अर्का प्रत्यासी गोपाल श्रेष्ठले आफ्नो प्यानललाई नै सहभागिता गराएर शुक्रबार धरान १५ स्थित धरान किचनमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको टिमलाई सिण्डिकेट भनेर दिएको नाम वास्तविक नभएको भन्दै प्रष्ट्याएका थिए ।

अहिलेका अध्यक्ष विजय श्रेष्ठसँग पराजित बनेका अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले यस पटक आफूलाई उद्योगी व्यवसायीहरुले कामको मूल्यांकन गर्ने मतदात आफ्नो टिमलाई गरी जित सुनिश्चित गर्ने बताइरहदा यता गोपाल श्रेष्ठका प्यानलले समेत यस्तै दाबी गरेका छन् ।
गोपाल श्रेष्ठको पक्षमा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसहित अन्य व्यवसायीहरुको समेत खुलेर सपोर्टका लागि ‘गोपाल श्रेष्ठ समूह’ नै बनाएका छन् ।

को बलियो हो र कस्ले बाजी मार्ला भन्ने कुरा त निर्वाचत पछि नै बाहिर आउनेछ तर अहिले भने दुवैले जित्ने दाबी गरिरहेका छन् ।
केही समय अगाडि पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले आफ्नो एजेण्डा प्रस्तुत गर्दै भनेका थिए–‘अहिले व्यवसायीहरु सेन्डीकेटको विरुद्धमा छन्, मेरो जितको कारण पनि व्यवसायीहरुले यस पटक बर्षैदेखिको सिण्किेट तोड्ने मनसाय बोकेकैले हो, मेरो जित यस पटक सुनिश्चित रहन्छ ।’

अर्का प्रत्यासी गोपाल श्रेष्ठले भने सिण्डिकेट होइन, धेरै उद्योगी व्यवसायीहरुको समर्थन आफूमा रहेको दाबी गरेका छन् । उनको समर्थनमा बोल्दै संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले भने– ‘संघमा लामो समय देखी विभिन्न पदमा रहेर अनुभव हासिल गरेका, सफल व्यवसायी यी र पूर्व अध्यक्षहरू सबैले समर्थन भएकोले जित सुनिश्चित जतिकै छ ।’

जो जसले जिते पनि दुवैले व्यवसायिको एजेण्डलाई प्राथमिकताका राखेका छन् । दुवै अध्यक्षले खस्किएको धरानको व्यापारलाई पुनर्जीवित बनाउने, करमा सहजीकरण गर्ने लगायतका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved