शिवराज प्यानलको चुनावी प्रतिवद्धताः सुरुङ मार्ग– किमाथांका ड्राइपोट–हेलिप्याड सम्म शिवराज श्रेष्ठको प्यानलमा को को छन ?

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।
अध्यक्षको लागि दुई वटा प्यानल मध्ये मंगलबार शिवराज श्रेष्ठको प्यानलले चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ ।

धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल बढाउनको लागि सुरुङ मार्ग आवस्यक भएकाले आफुले उक्त मार्ग बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने पत्रकार सम्मेलनमा बताए ।त्यसैगरि कोशीमा बन्ने किमाथांका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गरिने,पर्यटन प्रवद्र्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र हेल्थ टुरिजम बढाउने आफ्नो एजेन्डा रहेको रहेको प्रतिवद्धता रहेको बताए ।

त्यसैगरि धरानको व्यापारिक इतिहाँसलाई फर्काउनको लागि धरान,इटहरी,इनरुवा,रामधुनी चतरा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणाको लागि आवस्यक पहल गरिने,धरान र रामधुनीलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्ने,धरानको कृर्षि वजारलाई नमुना केन्द्रको रुपमा विकास गर्न पहल गर्ने,तिनकुने औद्योगिक क्षेत्रको थप विकास गरि विशेष आर्थिक क्षेत्र बनाउन पहल गरिने,धरानमा स्थायी तथा व्यवसायिक प्रदर्शनी निर्माण गरिने,झन्झटिलो कर नितिलाई बैज्ञानिक कर प्रणालीको विकास गर्न आवस्यक पहल कदमी गरिने लगायतका महत्वकाँक्षी प्रतिवद्धता रहेको उल्लेख छ ।

पत्रकार सम्मेलनमा श्रेष्ठले भने,“उद्योगी व्यवसायीलाई कर सहयोग सेवा, लेखा परीक्षण सेवा, कानुनी परामर्श, बस्तुगत सङ्घहरूको विकास, सूचना सेवा प्राथमिकतामा राखेर विसुद्ध व्यापार व्यवसायीको हितमा काम गर्नेछु। ” व्यापार व्यवसायीलाई व्यवसायिक हितमा काम गर्ने एकमात्र सक्षम टिम भएकाले शिवराज श्रेष्ठको प्यानललाई मतदान गरि विजय गराउन आग्रह गरेका छन् ।

शिवराज श्रेष्ठलाई सुनसरी उद्योग वाणिज्य संघमा पटक पटक नेतृत्वको पदाधिकारीमा रहेर काम गरेको अनुभव रहेकाले सक्षम उम्मेद्धवारको रुपमा हेरिएको छ ।

शिवराज श्रेष्ठको प्यानलमा को को छन ?

शिवराज श्रेष्ठ अध्यक्ष पदका उम्मेद्धवार हुन भने उनको टिमको वाणिज्य तर्फका सदस्यहरु अर्जुन श्रेष्ठ,उपेन्द्र चाम्लिङ,कृष्ण ठाकुर,चन्द्र बहादुर सुवेदी ,सागर प्रसाँई,सीताराम आचार्य, छन् । महिला तर्फ ममता साक्य रहेका छन् । त्यसैगरि उद्योग वाणिज्य तर्फ उमेश अग्रवाल,खड््ग बहादुर वस्नेत(राजु) र शिवानन्द साह छन् । एसोसिएट तर्फ राजु साह र राजेश अग्रवाल रहेका छन् ।

असार ३० गते हुने संघको निर्वाचनका लागि २ हजार ९०४ जनाले मतदान गर्दैछन् ।चुनावमा गोपाल श्रेष्ठको पनि प्यानल नै चुनावी प्रतिष्पर्धामा रहेको छ ।

1000007817

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved