धरानमा आज गोपाल र शिवराजको भिडन्त

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीभरीका व्यापार व्यवसायीहरुको साझा संस्था सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन आज( सोमबार) हुने निर्वाचनमा अध्यक्ष पदको लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ चुनावी मैदानमा भिड्दैछन् ।

निर्वाचनद्धारा नयाँ नेतृत्व चयन हुने छ भने अध्यक्ष पदको लागि गोपाल र शिवराजबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।दुवै उम्मेद्धवारले चुनाव जित्ने दावीका साथ मैदानमा रहेका छन् ।

अध्यक्ष पदका उम्मेद्धवार गोपाल श्रेष्ठले चुनाव जित्ने कुरामा आफु ढुक्क रहेको बताएका छन् । अर्का अध्यक्षका प्रत्यासी उम्मेद्धवार शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य सङ्घका सिण्डिकेट यसपाली तोडिने र त्यसैका लागि आफु साझा उम्मेदवार भएकोले चुनाव निश्चित रुपमा जित्ने दावी गरेका छन् ।

दुईवटा प्यानल सहित चुनाबी मैदानमा रहेको गोपाल श्रेष्ठको प्यानलमा उद्योगतर्फ सदस्यहरुमा कृष्ण पाठक, प्रभात खतिवडा, विष्णु वराल र महेन्द्र प्रधान वाणिज्यतर्फ सदस्यहरुमा अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद) र वणिज्य महिलातर्फ बर्षा अग्रवाल उम्मेद्वार रहेको छन् ।

यस्तै, एशोसिएटतर्फ पनि यो समुहबाट सदस्यमा अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल उम्मेद्वार रहेका छन् । यही समुहमा रहेका बस्तुगततर्फको सदस्यहरुमा नविनकुमार तामाङ र नारायण लिम्बु निवार्चित निवार्चित भइसकेका छन् भने उद्योग महिलातर्फ मीना राई मगर पनि निर्विरोध भइसकेकी छिन् ।

अर्का अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठको प्यानलमा वाणिज्य तर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई, सीताराम आचार्य, महिला तर्फ ममता शाक्य रहेका छन् भने उद्योग तर्फ उमेश अग्रवाल, खड्ग बस्नेत राजु, शिवानन्द साह छन् ।एसोसिएट तर्फ राजु साह, राजेश अग्रवाल छन् ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माका अनुसार निर्वाचनमासङ्ख्या २ हजार ९०४ जना मतदाताले मतदान गरि नेतृत्व छनौट गर्दैछन् ।

एक जना अध्यक्ष सहित वाणिज्य तर्फ १५ जना, उद्योग तर्फ ७ जना, एसोसिएट तर्फको सदस्यका ५ जना, वस्तुगत तर्फ ३ जना, वाणिज्य तर्फ महिला सदस्यको लागि २ जनालाई चुनाबद्धारा नयाँ नेतृत्व चयन गर्ने निर्वाचन अधिकृत डा. शर्माले बताए ।

1000044967

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved