धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ।
यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्।
संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।
अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
गोपाल श्रेष्ठ केवल उम्मेदवार होइनन्, उनी संघको विकासको यात्राका साक्षी र अभियन्ता हुन्। उनका संगठनात्मक भूमिकाले संघलाई व्यवहारिक रुपमा चलायमान बनाएको छ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय संघ, पूर्वाञ्चल ढुवानी व्यवसायी संघ, कोसी डिलर्स संघ, गल्फ संघ, नेवाः देय दवु लगायत थुप्रै संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी, धरानको समग्र व्यावसायिक हितमा समर्पित छन्।
श्रेष्ठले आगामी कार्यकालमा निम्न कार्यलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्:
"म बोली होइन, परिणाममा विश्वास राख्छु," भन्दै श्रेष्ठले सबै व्यवसायीको साझा नेतृत्व बन्ने दृढ विश्वास व्यक्त गरेका छन्।
श्रेष्ठले आठजना पूर्व अध्यक्षको समर्थन प्राप्त भएको दाबी गरेका छन्। व्यवसायी समुदायले उनलाई इमानदार, नतिजामुखी र व्यवहारिक नेतृत्वकर्ताका रूपमा चिनेका छन्।
उनी भन्छन्, "व्यवसायीको आवाज बुलन्द बनाउने, संस्थालाई गतिशील बनाउने र व्यावसायिक चुनौतीहरूसँग लड्ने नेतृत्व आवश्यक छ – र त्यो म दिन सक्षम छु।"
“संघलाई बलियो बनाउने हो भने अबको विकल्प गोपाल श्रेष्ठ” – भन्ने सन्देश फैलन थालेको छ।