झापा/ झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा करिब चार करोड ३८ लाख रुपैयाँको लागतमा ३५० मिटर लामो र पाँच फिट चौडा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सहरी विकास मन्त्रालयको लगानीमा बनेको उक्त पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ। पुल निर्माणसँगै बर्षौंदेखि बर्खायाममा आवतजावतका लागि ५ किलोमिटरभन्दा बढी दूरी पार गर्न बाध्य स्थानीयले सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन्। अघिल्लो वर्षसम्म त्यहाँ कुनै पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग वा भद्रपुरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणका लागि २०७९ अस
बराहक्षेत्र/ खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्दै युवा पुस्तालाई समर्पित बनाउने उद्देश्यसहित सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ मा ‘जय नेपाल खेलकुद मञ्च’ गठन गरिएको छ। खेलकुद मार्गदर्शन २०८१ को परिच्छेद ३ र ४ अनुसार मञ्च गठनको प्रक्रिया अघि बढाउँदै तदर्थ समिति गठन गरिएको हो। गठन लगत्तै आयोजित पदस्थापन कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेलकुद क्षेत्रको व्यावसायिक विकासमार्फत युवालाई आकर्षण गर्नुपर्ने धारणा राख्नुभयो। “खेलाडीला
झापा/नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले आगामी २०८४ सालको निर्वाचनमा एमाले देशकै पहिलो शक्ति बन्ने दाबी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पार्टी प्रवेशप्रति कडा असहमति जनाएका छन्। झापाको काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेकपा संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले “विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास गलत दिशातर्फको कदम हो” भन्दै स्पष्ट अभिव्यक्ति दिएका हुन्। प्रसाईले नामै लिएर भने, “डा. शेखर कोइराला, बालेन साह, माधव नेपाल, प्रचण्ड, भीम रावलजस्ता
इटहरी/ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, परिवर्तन र शुद्ध राजनीतिका नारामा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरीमा गुट र इगोको राजनीतिमा जकडिँदै अदालतको ढोका ढकढक्याउन पुगेको छ। इटहरी नगर समितिको श्रावण १० मा तय नगर अधिवेशन रोक्न उच्च अदालतसम्म पुगेको घटनाले रास्वपाभित्रको गम्भीर संकट सतहमै ल्याएको छ। सुनसरी, इटहरी उपमहानगरपालिकासँग सम्बन्धित पार्टी पदाधिकारीबीच अहंकार र गुटगत प्रतिस्पर्धा चरम रूप लिँदा समग्र पार्टी संगठन प्रभावित भएको छ। गुट विशेषका नेताहरु एकअर्कालाई निष्क्रिय पार्ने र आफ्ना मान्छे जथाभावी नियुक्त गर्ने दौडमा लाग्दा पार्टीभित्र अनुशासन, पारदर्शिता र
धरान/ कोशी प्रदेश सरकारले लागू गरेको आर्थिक ऐनले सेवाग्राहीलाई राहत दिनुको साटो झन् झन्झट थपिदिएको छ। विशेषगरी मालपोत कार्यालयमा महिलालगायत लक्षित वर्गले जग्गा पास गर्दा पाइने छुट सुविधा लिन अब थप कागजी झमेला बेहोर्नुपर्ने अवस्था आएको छ। ‘घर–घरमा सिंहदरबार’ नारासहित जनमुखी सेवा दिने भनिएको सरकारी व्यवस्था अहिले जनतालाई हैरानी दिने माध्यम बनेको छ। यसअघि नागरिकता वा परिचय खुल्ने कागजात देखाएर सहजै छुट पाइन्थ्यो भने अब भने स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। धरान–६ पानबारीस्थित मालपोत कार्यालयमा इलामबाट आइपुगेकी उर्मिला राईले भनिन्, “महिला हो भन्ने प्रमाण
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रुष्ट बनेको छ। ‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने आशयसहित साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्तिलाई प्रतिष्ठानले ‘तथ्यहीन, भ्रामक र बदनियतपूर्ण’ भन्दै कडा आपत्ति जनाएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार व्यक्तिले ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग
धरान/धरान उमहानगरपालिकाका मेयर हर्कराज राईले नेपाल सरकारलाई आपत्ती जनक शव्द लेखर पत्र पठाएका छन् । वुधबार सरकारका स्वास्थ्यमन्त्री मार्फत नेपाल सरकार प्रधामन्त्री ओली र कोशी प्रदेशका मुख्यमन्त्री सहितलाई उपमहानगरपालिकाको लेटर प्याडमा “कुलङ्घार” शव्द प्रयोग पत्रचार गरेका छन् । मेयरले सामाजिक सन्जाल मार्फत आफैले सरकारलाई पठाएको उक्त पत्र सार्वजनिक समेत गरेर पछि सामाजिक सन्जालमा उनको आलोचना भएको छ । सामाजिक सन्जालमा मेयर राईले सामाजिक सन्जालमा “जग्गा हडपेको किन ? के पारा हो यो ?”भनेर उक्त पत्र सार्वजनिक गरेपछि उनको बौद्धिकतामार्थि नै प्रश्न चिन्ह खडा भएको छ । पत्रका सरकार
धरान/ कोशीबाट धरानमा खानेपानी ल्याउने महत्त्वाकांक्षी योजना अघि बढिरहेको बेला स्थानीय सरकार प्रमुखको वेवास्ताका कारण योजना अलपत्र पर्ने अवस्थामा पुगेको भन्दै नेकपा एमाले धरानले त्यसको कार्यान्वयनका लागि सक्रिय पहल थालेको छ। सोमबार एमाले धरानले पार्टी नेता, प्रदेश सांसद, र माथिल्लो कमिटीका नेताहरूको सहभागितामा आयोजना सम्पन्न एक विशेष बैठकले कोशी खानेपानी प्रोजेक्ट संघीय सरकारको पहलमा तत्काल कार्यान्वयन गर्न माग गरेको हो। बैठकमा कोशी प्रदेशका तीन सांसद—रमेश कुमार वस्नेत, विजय कुमार राई र यशोदा कायस्थ, पूर्व संघीय सांसद जयकुमार राई, प्रदेश सदस्य प्रकाश राई तथा एमाले सुनसरीका सद
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय सरकारका खानेपानीमन्त्री सहितको टोलीलाई वेवास्ता गर्दै भेट नदिपछि मेयरको चुनाबी प्रतिवद्धताको कोशी प्रोजेक्टको खानेपानी आयोजना अन्यौल भएको छ । शक्रबार मन्त्री प्रदीप यादव सहितको खानेपानी मन्त्रालयको कर्मचारीहरु मेयरलाई भेट्नको लागि धरान आए तर भेट दिएनन् ।मन्त्री सहितको टोली त्यसै फर्किएको छ । सु्नसरी उद्योग वाणिज्य संघ सुनसरीको कार्यक्रममा मन्त्री यादवले धरानका मेयरकै कारण कोशी प्रोजेक्ट खानेपानी आयोजना अन्यत्रै जान सक्ने संभावना बढेर गएको बताए । उनले कुल लागतको ८५ प्रतिशत नेपाल सरकारले एडिबिबाट लिएर धरानलाई अनुदान दिनेछ भने १५ प्रतिश
धरान/धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीका ४० वर्षीय रोशन राईको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग जुटाइएको छ। कलेजो फेर्नुपर्ने अवस्था आइसकेपछि आर्थिक अभावका कारण उपचार अवरुद्ध हुँदा श्रीमती शान्ति तामाङले गरेको मार्मिक गुहारले जनचासो र सहयोग आकर्षित गरेको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उनकी श्रीमती कोशिला राई दाहालले ५ हजार रुपैयाँ, संगठनका सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले जनही ५ सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग अभियान मजदुर नेता भीमज्वाला राईद्वारा सार्वजनिक गरिएको ‘श्रीमतीको बिलौना’ शिर्षक