धरानको पुरानो अस्पताल विवाद: बीपी र साम्पाङबीच जुहारी चर्कियो

  • साउन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रुष्ट बनेको छ।

‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने आशयसहित साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्तिलाई प्रतिष्ठानले ‘तथ्यहीन, भ्रामक र बदनियतपूर्ण’ भन्दै कडा आपत्ति जनाएको छ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार व्यक्तिले ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ। यस्तो अभिव्यक्तिले संस्थाको गरिमा र स्वास्थ्यसेवामा जनताको विश्वासमा आँच पुर्‍याएको छ।”

साम्पाङले सार्वजनिक गरेको पत्रमा भनिएको थियो:

“छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा फसेर बीपीलाई दिएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। कृपया फिर्ता गरिदिनु होला।”

यस प्रतिक्रियामा प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ कि उक्त जग्गा वि.सं. २०४८ मा सरकारले कानुनी निर्णयका आधारमा प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो। सो प्रक्रिया कार्यकारिणी समिति र सञ्चालक परिषद्को स्वीकृति पश्चात कार्यान्वयनमा आएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो निर्णय बीपी प्रतिष्ठानको उच्च निर्णय तहबाट अनुमोदन भएको हो। अझै, धरान उपमहानगरका मेयर स्वयं प्रतिष्ठानको सञ्चालक परिषद्का सदस्य समेत हुनुहुन्छ।”

प्रतिष्ठानले धरानवासीको हितमा पुरानो अस्पताल क्षेत्र प्रयोगबारे संवाद र सहकार्य गर्न आफू तयार रहेको बताउँदै संयमित अभिव्यक्ति र तथ्यमा आधारित संवादको माग गरेको छ।

picccc

Status-2 Status-1 bb2 bb

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved