धरानका मेयर हर्कराजले सरकारलाई पठाए “एक कुलङ्घार चिठी”

  • साउन ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उमहानगरपालिकाका मेयर हर्कराज राईले नेपाल सरकारलाई आपत्ती जनक शव्द लेखर पत्र पठाएका छन् ।
वुधबार सरकारका स्वास्थ्यमन्त्री मार्फत नेपाल सरकार प्रधामन्त्री ओली र कोशी प्रदेशका मुख्यमन्त्री सहितलाई उपमहानगरपालिकाको लेटर प्याडमा “कुलङ्घार” शव्द प्रयोग पत्रचार गरेका छन् ।

मेयरले सामाजिक सन्जाल मार्फत आफैले सरकारलाई पठाएको उक्त पत्र सार्वजनिक समेत गरेर पछि सामाजिक सन्जालमा उनको आलोचना भएको छ । सामाजिक सन्जालमा मेयर राईले सामाजिक सन्जालमा “जग्गा हडपेको किन ? के पारा हो यो ?”भनेर उक्त पत्र सार्वजनिक गरेपछि उनको बौद्धिकतामार्थि नै प्रश्न चिन्ह खडा भएको छ । पत्रका सरकारका स्वास्थ्यमन्त्रीलाई संवोधन गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पुरानो अस्पतालको जग्गा दिएको भनेर कुलंघार शव्द प्रयोग गरेका छन।

स्वास्थ्यमन्त्रीलाई लेखिएको पत्रमा विषय जग्गा फिर्ता गर्ने भन्ने सम्बन्धमा छ भने उनले प्रयोग गरेको शव्दहरु जस्ताको तस्तै यस्तो रहेको छ,उपरोक्त सम्बन्धमा धरान उमपहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाताचौकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंघारले दलदलीमा भुलेर वीपी अस्पताललाई दिई पठाएछ ,थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाईदैन।प्लीज फिर्ता गरिदिनु् होला ।”

उनले लेखको प्लीज शव्द पनि अंग्रेजी प्रयोग गरिएको छ भने बोधार्थ सरकारका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवार काठमाण्डौ,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएका छन् ।

धरानका मेयरले पठाएको पत्रमा इटहरीका पत्रकार हिमाल दाहालले “नगरपालिकाको लेटरप्याड, मेयरको सही भएको पत्र (स्टाटस होइन) को भाषा देखेर ट्वा !!” भने आलोचना गरेका छन् । त्यसैगरि धरानका पत्रकार गोपाल दाहालले पनि सामाजिक सन्जालमा पत्र सहित पोष्ट गरि “एक कुलङ्घार चिठी”भनेर व्यङ्य प्रहार गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved