धरानका मेयरले खानेपानीमन्त्रीलाई भेट नदिएपछि फर्किए कोशी खानेपानी आयोजना अन्यौल

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय सरकारका खानेपानीमन्त्री सहितको टोलीलाई वेवास्ता गर्दै भेट नदिपछि मेयरको चुनाबी प्रतिवद्धताको कोशी प्रोजेक्टको खानेपानी आयोजना अन्यौल भएको छ ।

शक्रबार मन्त्री प्रदीप यादव सहितको खानेपानी मन्त्रालयको कर्मचारीहरु मेयरलाई भेट्नको लागि धरान आए तर भेट दिएनन् ।मन्त्री सहितको टोली त्यसै फर्किएको छ ।

सु्नसरी उद्योग वाणिज्य संघ सुनसरीको कार्यक्रममा मन्त्री यादवले धरानका मेयरकै कारण कोशी प्रोजेक्ट खानेपानी आयोजना अन्यत्रै जान सक्ने संभावना बढेर गएको बताए ।

उनले कुल लागतको ८५ प्रतिशत नेपाल सरकारले एडिबिबाट लिएर धरानलाई अनुदान दिनेछ भने १५ प्रतिशत मात्र स्थानीय सरकारले लगानी गर्नुपर्ने एडिबिसँग सरकारले लिने ८५ प्रतिशत बजेट धरानले तिर्नु नपर्ने पनि मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले प्रोजेक्ट यही साउन २५ देखि भदौ ७ गतेभित्र कोशीको पानी ल्याउने प्रोजेक्टको टेण्डर गरिनु पर्ने र यदि गर्न नसकेको खण्डमा लगानी अन्यत्र्र जाने संभावना रहेको बताए ।

करिब ६ अर्ब लागत अनुमान रहेको कोशी खानेपानी योजनाको लागि एडिबिबाट बजेट आउनेछ ।

खानेपानीको दीर्घकालीन समाधानका लागि धरान भ्रमणमा रहेका मन्त्री यादवले धरानस्थित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसहित जनप्रतिनिधिहरूसँग छलफलको तयारी गरेका थिए । मेयर साम्पाङले भने विदेशी ऋण लिएर विकास नगर्ने भएकोले भेट नगरेको बताएका छन् ।

मेयर साम्पाङले खानेपानीको लागि ३ बर्षदेखि सिंहदरबार धाइरहदा ४ करोड बजेट विनियोजन गरेको र बाँकी सबै एडिबिको ऋण लिनुपर्ने भएकोले मन्त्रीलाई भेट नगरेको मेयर राईको भनाई छ ।

धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम वेघाले मन्त्री आफै प्रोजेक्टको लागि संवाद गर्नको लागि धरान आउँदा भेट नदिनु आफुहरुको शिर निहुरिएको बताएका छन् ।

सरकारसँग प्रष्टसँग आफ्ना कुराहरु राखेर कसरी अघि बढ्न सकिन्छ भनेर संवादद्धारा निकास खोज्नको लागि पनि उप मेयरले वेघाले आग्रह गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved