०८४ मा एमाले पहिलो हुन्छ: प्रसाईको दाबी, भण्डारी प्रवेशविरुद्ध कडा असहमति

  • साउन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले आगामी २०८४ सालको निर्वाचनमा एमाले देशकै पहिलो शक्ति बन्ने दाबी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पार्टी प्रवेशप्रति कडा असहमति जनाएका छन्।

झापाको काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेकपा संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले “विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास गलत दिशातर्फको कदम हो” भन्दै स्पष्ट अभिव्यक्ति दिएका हुन्।

प्रसाईले नामै लिएर भने, “डा. शेखर कोइराला, बालेन साह, माधव नेपाल, प्रचण्ड, भीम रावलजस्ता नेताहरूको प्रभावमा परेर पार्टीभित्र आउनु पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तिका लागि शोभनीय हुँदैन।”
उनको आरोप थियो — “एमाले ०८४ मा पुनः पहिलो हुने पक्का भएपछि, अध्यक्ष ओलीलाई कमजोर पार्न भण्डारीलाई प्रयोग गर्न खोजिएको छ।”

‘शालीनता मात्रै पर्याप्त हुँदैन’

एमाले अध्यक्ष र प्रधानमन्त्री बन्नका लागि केवल ‘शालीनता’ र ‘सम्मानित पहिचान’ मात्र पर्याप्त नहुने बताउँदै उनले भने, “पार्टी चलाउने, देशभित्र र बाहिरको शक्तिसँग जुध्ने नेतृत्व शालिनता मात्रै बोकेर सम्भव हुँदैन।”

उनको भनाइमा, पार्टीको महाधिवेशनमा महिला अध्यक्ष बन्न सक्ने सम्भावना त छ, तर त्यो विचार, नेतृत्व क्षमता र संगठन बलमा आधारित हुनुपर्ने हुन्छ — दबाब र संजालको भरमा होइन।

गिरीको ओली समर्थन : 'ओली नै पुष्पलालका उत्तराधिकारी'

कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरीले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पलाल विचारका सच्चा उत्तराधिकारीको रुपमा चित्रित गर्दै भने, “एमाले विना नेपाल सम्भव छैन, ओली विना एमाले सम्भव छैन।”
उनले आलोचकहरूलाई चेतावनी दिँदै भने, “एमाले कुनै लातले हान्ने भकुण्डो होइन, यो त एम्पायर हो!”

सालिकमा श्रद्धाञ्जली, कार्यकर्ताको उत्साहपूर्ण सहभागिता

स्मृति दिवसको अवसरमा पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण गरिँदै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य हरिचरण बानियाँ, कोशी प्रदेश सदस्य तथा मेचीनगर मेयर गोपालचन्द्र बुढाथोकी, नगर इन्चार्ज देवकुमार राई, पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम एमाले क्षेत्रीय समन्वय समितिका अध्यक्ष कृष्ण कनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मेचीनगर अध्यक्ष राजु कार्कीले र सञ्चालन क्षेत्रीय सचिव राजु पोखरेलले गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved